बिना राउत,राैतहट,माघ ०९ गते
राैतहट प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज विपि चाेकबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आईतबार प्रहरीले बरामद गरिएको ६० लिटर मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा नष्ट गरेको जानकारी गराईएकाे हाे । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ वि.पी.चोक स्थितमा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा फेला पारेकाे थियाे । साे अबैध घरेलुु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह