July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल बिधुत प्राधिकरण मौलापुर द्धारा बिधुत चुहावट गर्ने विभिन्न सामान पक्राउ

आरके श्रीवास्तव,रौतहट,माघ ०७ गते
नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्र बाट खटी गएको प्रहरी सहितको टोलीले बिधुत चुहावट गर्ने विभिन्न सामान पक्राउ गरेको छ । बिधुत चुहावट गरिहेको विभिन्न सामान जफत गरेको हो ।
बिधुत चुहावट बढेको भन्दै सुचना आउन थाले पछि प्राधिकरण मौलापुर प्रमुख संदिप कुमार दासले त्यस्तालाइ कार्यवाही गर्ने बताउँदै चुहावट नियन्त्रण टोलीलाइ खटाएका हुन् । इलाका प्रहरी कार्यालय फतुवाबिजयपुर र विधुत प्राधिकरणको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सो टोली माैलापुर वितरण केन्द्र अन्तर्गतकाे विभिन्न गाउँमा पुगेको थियो । चुहावट नियन्त्रण टोलीले सो स्थानहरु बाट मोटर ४ थान,कटर मेसिन १ थान र हुकिंङवायर नियन्त्रणमा लिएको नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख दासले जानकारी गराएका हुन् ।