पि.पि.साह
वीरगञ्ज ८ माघ
चिसोबाट प्रभावित पर्सा जिल्लाको पर्सागढी नगरपालिका को वडा नं ५ का विभिन्न टोलका गरिब , दलित तथा असहाय समुदायका परिवारलाई शनिवार कम्बल वितरण गरिएको छ ।
पर्सागढी नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा गरिब दलित, असहाय वर्गका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको हो ।
केही दिन यता बढेको चिसोले गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।
कार्यक्रम पर्सागढी नगरपालिका वडा नं ५ का अध्यक्ष असलम आलमको प्रमुख आतिथ्यतामा कम्बल वितरण गरिएको हो। सो कार्यक्रममा वडा महिला वडासदस्य सतिया देवी,शिवमतिया अहिरिन, समाजवादी पार्टीको जिल्ला सदस्य अशोक यादव, समाजसेवी आमोदिन हवारी, स्थानीय अगुवा रमेश यादव,सैनुलाह मियाँ , संदिप तिवारी लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह