September 9, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गरुडाको ११ औ नगर अधिवेशन सम्पन्न।

धर्मेन्द्र बैठा,बिहीबार, असार ६, २०८१
रौतहट जिल्लाको गरुडा नगरपालिकाको ११ औ अधिवेशनको खुल्ला सत्र आज भव्याताको साथ सम्पन्न भएको छ । नगरसभामा नगरलाई विकासको मार्गमा डोरयाउन विभिन्न आकर्षक किसिमका योजनाहरुको निर्माण गरिएको कुरा जानकारी गराईएको छ ।


गरुडा नगरपालिकाको आफ्नै सभा हलमा भएको ११ औ अधिवेशनमा विकासको विभिन्न आकर्षक योजनाहरुको ल्याइएको जानकारी गराइएको छ ।
११ औ नगर अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद मुस्ताक आलमले सभा अध्यक्षको आदेशमा अधिवेशनलाई औपचारिक रुपमा संचालन गरेका थिए।


गरुडा नगरपालिकाको ११ औ नगर अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख पुनम चौधरीले नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । अधिवेशनमा बजेट प्रस्तुत गर्दे उपप्रमुख पुनम चौधरीले नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक, वित्तिय समानिकरण प्रदेश सरकार विशेष अनुदान प्रदेश सरकार आन्तरिक राजस्व गरि जम्मा ७० करोड २० लाख ५९ हजार रुपैयाको बजेट ल्याएको जानकारी गराईन ।
११ औ नगर अधिवेशनमा प्रमुख अतिथिका रुपमा उपस्थित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री माननीय प्रमोद जयसवालले आफ्नो मन्तव्य राख्दै सभामा समावेश निति तथा कार्यक्रमहरु बाट जनतालाई प्रत्यक्ष फाईदा पुग्ने देखिएको भन्दै अधिवेशनको सफताको शुभकामना दिदै आफ्नो मन्तव्य अन्तय गरेका थिए ।


नगर अधिवेशनलाई सम्बोधन गर्दै नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले गरुडा नगरपालिकामा कृषि गर्ने किसान हरुको संख्यालाई मध्य नजर गर्दै नगर भित्र रहेका सम्पुर्ण कृषि मिटरहरुको विद्युत शुल्क नगरपालिका तिर्ने योजना ल्याउनुको साथै किसान कार्डको लागि पनि विशेष पहल गरिने बताए । नगरपालिका लाई शिक्षा क्षेत्रमा प्रदेशकै अबल नगरपालिका बनाउन उदेश्यले कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु लाई साइकल वितरण गरिने योजना लाई अगाडि बढाउनुको साथै शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिईएको मेयर जयसवालले जानकारी दिए ।