काठमाडौं ०४ गते
कवाड व्यवसायीहरुले काठमाण्डौ महानगरपालिकाको डोजर आतंकको विरुद्ध आज हजारौको संख्यामा बिशाल प्रदर्शन सहित महानगरको कार्यालय घेराउ गरेकोछ । अदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि महानगरपालिकाले तोड़फोड़ गर्न थालेपछी सुरक्षाको माग सहित कवाड संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।
काठमाण्डौको UN पार्कबाट डोजर सहित शुरू भएको बिशाल रैली “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नारा सहित महानगरपालिकाको कार्यालयको घेराउ गरेको हो । कबाड व्यवसायीले उठाएका मागहरु देशको शान्तिसुरक्षा एवं कानुनी शासन संग सम्बन्धित रहेकोले यसको सम्बोधन तुरुन्त गर्न नेपाल सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउदछु ।
More Stories
सरकारको मनोमानी कर आतंक एवं लुटतन्त्रले मुलुकको अर्थ अवस्था तहसनहस–प्रभु साह
नेपाल दलित संघका अध्यक्ष सुनार द्वारा तिहारको शुभकामना शुभकामना सन्देश जारि
ओलीको राष्ट्रवाद नाङ्गिदै छ : प्रभु साह