July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

वडा अध्यक्ष साहकाे सराहनीय कार्य धरहरीकाे श्मशान घाटमा भवन निर्माण

रौतहट जेठ २२ गते
रौतहट जिल्लाको देवाही गाेनाही नगरपालिका-९ धरहरीकाे श्मशान घाटमा ट्रस्ट भवनको निर्माणकार्य शुरु भएको छ । वडा अध्यक्ष वीर बहादुर साहले आफ्नो वडा स्तरीय याेजनाकाे कुल ५ लाखकाे लागत साे भवन बनाउन लागिएको हाे । बैशाख महिना देखि मनसुन शुरु भई वर्षात हुने भएकाले दाह संस्कारमा गएका मलामीहरु र जलावन दुवैकाे लागि पनि उपयुक्त नभएपछि त्यसलाई मध्य नजर गर्दै वडा अध्यक्ष साहले उक्त भवन निर्माण गर्न लागिएको जानकारी दिनु भयो । हिन्दु शास्त्रमा मानिसको मृत्यु पश्चात् दाह संस्कारको लागि अन्तमा श्मशान घाटमै लैजानुपर्ने परम्परा रहेको छ। मलामीमा जाने मानिसहरुकाे सुरक्षालाई ध्यानमा राख्दै उक्त भवनको निर्माण गरिएको बुझिएको छ। सम्भवतः जिल्लामै पहिलोपटक श्मशान घाटमा भवन निर्माणकार्यकाे थालनी भएको बुझिएको छ। साथै वडा अध्यक्ष साहले उक्त स्थानमा जानकाे लागि २० फिट चौडा बाटाे समेत निर्माण गरिए बताए ।बाटाे बिनाकाे श्मशान घाटमा वर्षातकाे समयमा जलावन लाेड गरिएको सवारी साधन लैजान स्थानियहरुलाई अनेकौं समस्या हुदै आएकाे थिए तर अध्यक्ष साहले सार्वजनिक जग्गा भएकै ठाउँबाट नयाँ सडक निर्माण गर्नु भयो । वडा स्तरीय याेजनाबाट कुल १० लाखकाे लागतमा नयाँ सडक निर्माण गरिए अध्यक्ष साहले बताए । नखाकाे किनारमा ढुङ्गाले तत्बन्ध निर्माण गरि नयाँ सडक निर्माण गरिएको छ । त्यस्तै अध्यक्ष साहले श्री जय किसान नमुना माबि धरहरीमा बिधार्थाीहरुकाे साईकल पार्किङकाे लागि ५ लाखकाे लागतमा साईकल स्टैण्ड निर्माण गरिएकाे बताए ।अध्यक्ष साहले वडामा निर्वाचित भए देखि जनमुखी बिकाश निर्माणका कार्यहरू गरिदै आएका छन । साहले निर्वाचित भएको दुई वर्षमै कृषिमा सिचाइकाे लागि ठाउँ-ठाउँमा बाेरिङ जडान र मानिसको लागि हैण्ड पाईप जडान नि:शुल्क बिधुत्त मिटर वितरण ,नाला निर्माण स्वास्थ्य चौकी र वडा कार्यालय भवनको मर्मत सम्भार जस्ता कार्य गरेर चर्चामा रहेको स्थानीय उपेन्द्र साहले बताए ।