सहकारी तोडफोड गरेको
रोपमा कास्की प्रहरीले मंगलबार ९ जनालाई पक्राउ गरेको छ ।
पोखरा–३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे–५ रिभानमा ३६ वर्षीय प्रकाश विक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीन विक, २७ वर्षीय सञ्जीव सुनार छन् ।
यसैगरी, पोखरा–२७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका वर्षीय ४२ की विष्णु बोहरा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुले टेलिफोन तथा इन्टरनेटको तार समेतमा क्षति पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी वसन्तकुमार शर्माले बताए ।
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ