माघ ४ गते, रौतहट ।
प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएकोमा रौतहटमा खुसीयाली मनाइएको छ ।
प्रदेश सरकार गठन भएको झण्डै पाँच वर्षपछि प्रदेशको नामाकरण र राजधानी तय भएको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले मंगलवार रौतहटमा दिप प्रज्जवलन गरी खुसीयाली मनाएका छन ।
सोमवार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई दुई तिहाई भन्दा बढी बहुमतले पारित गरेको थियो ।
विगतका दिनमा भएको मधेश जनविद्रोह लगाएतको आन्दोलनको बलमा मधेशी जनताले मधेश प्रदेश पाएको भन्दै जनता समाजवादी पार्टी माधवनारायण नगरपालिका वडा नं ६ का वडा कमिटि अध्यक्ष विरझन राय यादवको नेतृत्वमा माधोपुर बजारमा दिप प्रज्ज्वलन गरी खुसीयाली मनाइएको छ ।
मधेश प्रदेश नामाकरणले बल्ल मधेशीले आफना पहिचान पाएको भन्दै उनिहरु खुसीयाली सट्टासाट्ट गरेका हुन ।
देशमा परिवर्तनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गरेको आन्दोलन र आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहिद मधेशीको बलीदानीको बलमा नै मधेश प्रदेश नामाकरण भएको भन्दै जसपाका नेता कार्यकर्ताहरु ठाउँ ठाउँमा खुसीयाली मनाएका छन ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह