July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

विदेशी पर्यटक जस्तो करकाे नाउँमा जनतालाई लुटदै केही स्थानीय सरकार:कटहरिया नगर प्रवक्ता चन्दन कुशवाहा

कटहरिया,माघ ०४ गते
विदेशी पर्यटक जस्तो सवारी करकाे नाउँमा जनतालाई केही स्थानीय सरकारले लुट्ने गरेको कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ०४ का वडाध्यक्ष चन्दन कुशवाहाले आराेप लगाउनु भएको छ । राैतहटकाे गाैर नगरपालिका र पर्साकाे बिरगंज उपमहानगरपालिका विदेशी पटके सवारी करकाे नाउँमा दिनहुँ जनता लुट्ने काम गर्दै आएकाे खुलासा गर्नु भएको छ । यदि यस्तै कर हरेक पालिकाले लिन थाल्याे भने महँगीले जनताकाे ढाड अझै सेकिने निश्चित छ । त्यसैले यस प्रति सम्बन्धित निकायकाे ध्यान जान जरूरी छ । रौतहटको पुरानो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिका र बिरगंज उपमहानगरपालिकाले अबैध रुपमा सवारी साधन संग पटके सवारी कर लिईहेको प्रती कुशवाहाले आम जनताको ध्यान केन्द्रित गर्न फेसबूक लाईभ मार्फत जानकारी गराउनु भएको छ ।
आफू बिरगंज जादा बिरगंज महानगरपालिकाले समेत १०० रुपैयाँको कर लिएको प्रती अध्यक्ष कुशवाहले आम जनताको ध्यानकर्षण गराउनु भएको हाे । यसरी दिनहुँ दर्जनौं सवारीसाधन पटकेकाे नाउँमा जनतालाई ठग्ने काम भईरहेकाे प्रति आपत्ति जनाउनु भएको छ ।
मधेसी दल बाट मेयरमा जितेको नगरपालिकाले मात्र कर लिरहेको र मधेस प्रदेशमा मधेसी दलको सरकार रहेको तर पनि केही नगरपालिकाले सवारी साधन संग कर लिइरहेको प्रती अध्यक्ष कुशवाहाले आपती जनाउनु भएको छ।

यसरी पर्यटक जस्तो सवारी कर उठाउदा कुनै पनि नगरपालिकामा भाडा दर बढने भए पछि यसको प्रत्यक्ष मार्कामा आम जनता पर्ने भएकोले आफुले आम जनतालाई फेसबूक मार्फत जानकारी गराएको वहाँले बताउनु भएको छ । एक अर्का प्रसंगमा वहाँले मधेसी दलको गलत रवैयाको कारण नै मधेश प्रदेश पछाडि परेको समेत वहाँले बताउनु भएको छ।
पटके सवारी साधन कर लिने नगरपालिकालाई वहाँले फेसबुक लाईभ मार्फत सचेत गराउनु भएको छ ।