रौतहट माघ ०५ गते
राैतहटकाे कटहरिया नगरपालिकामा बिधालय भवन र ट्रस्टकाे शिलान्यास गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर २ जमुनिया स्थित रहेकाे श्री आधारभूत बिधालयमा बिधालय भवन र ट्रस्ट निर्माणकाे लागि शिलान्यास गरिएको हाे ।
बुधबार एक कार्यक्रमका बिच नगरप्रमुख सियाराम कुशवाहाले बिधिवत् रूपमा शिलान्यास गर्न भएको थियाे ।
श्री आधारभूत बिधालय जमूनियाले बिधालय भवन निर्माणकाे लागि खरिद गरेको ७ कट्टा १० धुर जग्गामा ४ कोठे दुई तल्ले भवन र दुई कोठे दुई वटा ट्रस्ट निर्माण हुने भएको छ ।
नगरपालिकाकाे अनुदान रकम बाट ५० लाख जग्गा खरिद,
३८ लाखमा बिधालयकाे भवन निर्माण ,१६ लाख ट्रस्ट निर्माण र ७ लाखमा चर्पि निर्माणका लागि शिलान्यास गरिएको कटहरिया वडा नम्बर २ का वडाध्यक्ष हरेन्द्र साहले जानकारी गराउनु भयाे । साे शिलान्यास पश्चात् ९० दिन भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे उनले बताए ।
साे अवसरमा वडा नम्बर २ का वडाध्यक्ष हरेन्द्र साह कलवार, किसान नेता किशोरी महतो, श्री आधारभूत बिधालय जमुनियाका प्रधानाध्यापक एवम् शिक्षा संयाेजक अनिल निधि,नागेन्द्र गिरी,चन्द्रकिशोर महतो लगायतका नेता तथा कार्यकर्ताहरु, समाजसेवी, युवाहरुको उपस्तितीमा सम्पन्न रहेकाे कटहरिया नगरप्रमुखकाे सचिवालयले जनाएको हाे ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान