सिरहा १ चैत।
सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ। जिल्लाको कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो ।
नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजीझैँ प्रयोग गर्दै आएको स्थानीयहरु बताउँछन्।
कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय राम कुमार यादवले बताए । उनले भने , ुउनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।
कल्याणपुरगाउँबाट सोमबार अबेर राती उपमेयरको श्रीमान अजय यादव र गाउँका ४र७ जनालाई गाडीमा बोकेर जन्तीको लागि जनकपुर गएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए। उनले भने, ु जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।
सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटो कयौं प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन्। गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरुले आरोप लगाएका छन्। न्युज करखाना
More Stories
पर्साबाट केन्द्रीय सरकारमा रहेका तीन मन्त्रीसंग आजपाको प्रश्न, ‘बिरगंजको बिकासका लागि तपाईहरुले के गर्नुभयो ?’र
नदीमा बेपत्ता बालकको शव फेला
करेन्ट लागेर एकजनाको मृत्यु