राम प्रवेश बैठा २९ गते
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मौलापुर नगरपालिका द्वारा आयोजित पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्प सहित मौलापुर नगरपालिकाद्वारा फाल्गुण २२ गते देखि २६ गते सम्म ५ दिवसिय मधानी महोत्सव जम्मा ७३ लाखमा सम्पन्न भएको छ । यो महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल साह, सुपरस्टार नायिका निलम गिरि, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्द कलाकार तथा खेलाडीहरूको सहभागिता, बाबाधामको मुल पुजारीहरु र संस्कृत बिश्व बिधालयको आचार्यहरुले मन्दिरमा पुजा गराए साथै विशाल संख्यामा निकालिएको भगवान शिवको बारात यात्रा थियो र बिभीन्न शिव मण्डली सहितकाे शिवलिला प्रदर्शन रहेकाे थियो । दुनियालाई तरंगित गर्ने यस्तो बिशाल कार्यक्रम यति कम रकममा भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको छ । सरकारी निकायमा खर्च बिवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैंमा सराहनीय एवं उदहरणीय कार्य हो । मौलापुर नगरपालिका बिकास र सेवासुविधा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्यात छ ।
More Stories
घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग
पत्रकार महासंघ राैतहटको अध्यक्षमा ४ जनाकाे उम्मेदवारी,राम प्रवेश बैठा लगायत ११ जना सदस्य निर्विरोध ।
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान