राम प्रवेश बैठा २६ गते फाल्गुण
बिश्व प्रसिद्ध महिला पहलवान बबिता फोगाटको बिशेष उपस्थितिमा आज रौतहट जिल्लाको मौलापुरमा अंतर्राष्ट्रीय दंगल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएकोछ । सो मधानी महायज्ञको अवसरमा आयोजित उक्त अंतर्राष्ट्रीय दंगल प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गर्नुभएको थियो भन्ने नेपाल-भारतका चर्चित एवं लोकप्रिय खेलाड़ीहरु सहित लाखौको उत्साहजनक सहभागिता रहेको थियो । पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय सतरमा पुर्याउने संकल्पका साथ मौलापुर नगरपालिकाले मधानी महोत्सव अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरेका हुन । हिन्दी फिल्म ‘दंगल’ का वास्तविक खेलाड़ी बबिताको आगमनले मधानी महायज्ञ र मन्दिरको प्रवर्द्धनमा ठुलो सहयोग पुगने विश्वास सहित मेयर रीना जीलाई बिशेष धन्यवाद दिदै । यो भव्य समारोह संगै अब मधानी महोत्सव समापन भएकोछ ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।