July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गौरीशंकर यादव फाउन्डेसनद्वारा सरसफाई अभियान कर्मीलाई समाग्री सहयोग

अरविन्द कुमार यादव ।
रौतहट ,१ माघ ।गौरीशंकर यादव फाउन्डेसनले सरसफाइ अभियान कर्मीलाई सरसफाइ समाग्री सहयोग गरेको हो।
रौतहटको सदरमुकाम गौर स्थितका युवाहरुले नगरभित्र सरसफाइ अभियान कार्यक्रम गर्दै आइरहेको हो।
गौर नगरपालिका भित्र रहेको सार्वजनिक स्थल मठ ,मन्दिर,चौक चौराहालाई प्रत्येक हफ्ताको शनिबार सरसफाई युवाहरुले सरसफाइ अभियान कार्यक्रम तहत गर्दै आईरहेका छन् ।
युवाहरुको सरसफाइ अभियान हेरेर युवाहरुको मनोबल बढाउन को लागि सरसफाइ सम्बन्धि औजारहरु सहयोग गरेको हो।युवाहरुले सार्वजनिक स्थललाइ हफ्ताको शनिवारको दिन स्थल सरसफाइ गर्दै आइरहेकोमा गौरीशंकर यादव फाउन्डेसनले सरसफाइ सम्बन्धि समाग्री हस्तान्तरण गरेको हो
आज एक कार्यक्रम विच युवाहरुको समुहलाई सरसफाइ सम्बन्धि समाग्री सहयोग गरेका छन् ।
गौर नगरपालिका रौतहटको दुई कार्यकालमा मेयर पदमा रहि नगरपालिकाको सर्वांगनि विकास भएको सर्वविददै छ जस मध्ये सार्वजनिक स्थललाई युवाहरुले सरसफाइ तथा सम्वर्धन एवं संरक्षण गर्न तत्पर रहेको युवाहरुको समुह सरसफाइ अभियानलाई सरसफाइ समाग्री हस्तान्तरण गरेको संयोजक समाजसेवी युवा नेता मोहन यादवले बताएका हुन् ।
सरसफाइ समाग्री(सामाग्री लिस्ट: dustbin , कोदालो , कुर्पी , बेल्चा , कथरा , हसिया, धेरै जसो सरसफाई सामग्री हरु) प्रदान गर्नु भएको छा हाम्राे सम्पूर्ण सरसफाइ टीम बाट गौरीशंकर यादव फाउन्डेसनलाई सरसफाइ अभियानका युवाहरुले स धन्यवाद दिदै अरुण पटेलले जानकारी गराएका छन् ।