July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मधेसः जनमत पार्टीको अवरोधपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम,फाल्गुन १५, २०८०
जनमत पार्टीको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले माफी नमागेसम्म प्रदेशसभा सञ्चालन हुन नदिने जनमतको अडानपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको जनाएको छ।

मंगलबार प्रदेशसभा बैठक सुरू भएसँगै जनमतका सांसद चन्दन सिंहले दलका नेतासमेत रहेका महेशप्रसाद यादवलगायत प्रदेशसभा सदस्यहरूमाथि सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी प्रहार गरेको र सोही घटनामा मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरू गर्न आग्रह गरी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई ‘प्रदेश बाल अधिकार ऐन, २०७७ संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएपछि जनमतका सांसदहरुले सभामुखकै अगाडि पुगेर नाराबाजी गरेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो। तर दलहरुबीच सहमति नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।