July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटका एक बिधालय, एकै कक्षा कोठामा दुई फरक कक्षाका बिद्यार्थी पढ्न बाध्य

रन्धिर साह १० गते फागुन

रौतहटको एउटा यस्तो बिधालय जसमा एकै कक्षा कोठा भित्र दुई फरक फरक कक्षाका बिद्यार्थीहरु पढ्छन् । सो जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैया गाउँमा रहेको एक बिधालय भित्रको कक्षाहरुमा एकै कक्षा कोठा भित्र दुई फरक फरक कक्षाका बिद्यार्थीहरु पढ्न बाध्य छन् ।

वडा नम्बर ६ भित्र पर्ने श्री प्राथमिक बिधालय ५ कर्कचको अवस्था नाजुक बन्दै गएको देखिन्छ । बिना वैद्युत, प्रयाप्त मात्रामा फर्निचरको व्यवस्था नहुनु, बाल बिकासदेखि कक्षा ६ सम्म अध्ययन अध्यापन हुने बिधालयमा जम्मा ४ वटा कक्षा कोठा मात्र रहेका बिधालयका प्रधानाध्यापक हृदेयनारायण प्रसाद साहले बताए । उनको अनुसार सो बिधालयमा उनी आउनु भन्दा पहिला झन् अवस्था हेर्न नसकिने खालको रहेको बताए । उनी सो बिधालयको जिम्मेवारी पाए संगै बिधालयमा राष्ट्रिय गान, शारीरिक तालिम, बिधालयको पोसाक बिना प्रवेश निशेध आदि विभिन्न प्रकारका नियमहरु लगाएर बिधालयलाई व्यवस्थित गरेको बताए । तर, बिधालयमा बिद्यार्थीहरुको संख्या जतिको कक्षा कोठा नरहेका कारण बिद्यार्थीलाई पठनपाठन गराउने काम चुनौती रहेको दुख व्यक्त गरेका छन् ।

उनी भन्छन् जिम्मेवार निकायका रूपमा रहेका स्थानीय सरकार र वडाले पनि सोचेको जति ध्यान नदिएको र जिम्मेवार अभिभावक र जनप्रतिनिधिहरुको पनि ध्यान नगएका कारण बिधालयको अवस्था नाजुक रहेको बताए । सो बिधालय भित्र बाल बिकासदेखि कक्षा ६ सम्म पठनपाठन हुन्छन् । करिब ३ सयभन्दा बढीको संख्यामा बिद्यार्थीहरुको सहभागिता रहेको प्राबीमा ७ वटा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको हो । प्राप्त मात्रामा कक्षा कोठा र फर्निचरको सामाग्री प्रयाप्त मात्रामा उपलब्ध नरहेका कारण हामिले दुई फरक फरक कक्षाका बिद्यार्थीहरुलाइ एक कक्षा कोठामा राखी अध्ययन अध्यापन गर्दै आएको बताए । बाल बिकासका बिद्यार्थी एक कक्षा कोठामा, १/२ का बिद्यार्थीहरु अर्को कक्षा कोठामा, ३/४ का बिद्यार्थी अर्को कक्षा कोठामा र ५/६ का बिद्यार्थीहरु अर्को कक्षा कोठा गरि व्यवस्था मिलाएको प्रधानाध्यापक साहले बताए । साथै कक्षा कोठाको अभावका कारण कार्यालयको शाखा पनि बिद्यार्थीहरुकै कक्षामा राखेर काम गर्दै आएको दुख व्यक्त गरेका छन् ।

हालैमा मनाइएको सरस्वती माताको पुजा अर्चना गर्नका लागि वैद्युत उपलब्ध नभएका कारण साउन्ड बक्स समेत बजाउन नपाउदा बिद्यार्थीहरु दुखित भएको बताउँछन् । हामिले वैद्युत मिटरका लागि सबै कागजात पूरा गरेर राखेको छौँ । वडा अध्यक्ष विष्णुप्रसाद दासको पहलमा वैद्युत पोल र तार जडान गराइएको थियो । तर अहिलेसम्म सो पोलको तारमा लाइन जडान नभएका कारण हाम्रो बिधालयमा लाइन जडान हुन नसकेको बताए । कक्षा ५/६ मा अध्यापन गराउदै आएका शिक्षक अफरोज आलम बताउँछन् एकै कक्षा कोठामा दुई फरक फरक शिक्षक पठनपाठन गराउन सम्भव नरहेका कारण म एकलै दुवै कक्षाका बिद्यार्थीहरुलाइ पढाउने काम गर्दै आएको बताए । उनी भन्छन् पढाउन समस्या भएता पनि अरु विकल्प नभएका कारण हामी यसरी नै पठनपाठन गराउन बाध्य छम । स्थानीय सरकारले ध्यान दिएमा हाम्रो बिधालयको समस्या समाधान हुन्थ्यो । तर उहाँहरुले सकारात्मक पहल नगर्दा र बिधालयको कक्षा कोठाको अभावका कारण यो समस्याहरु देखा परेको बताए । यस्तै कक्षा ६ मा अध्ययन गरिरहेकि छात्र बताउँछन् हामिलाइ चाहिएको जतिको समय सरले दिनु हुन्न । सबैलाई हेर्नू पर्ने भएकोले अलि अध्ययनमा समस्या नैहुन्छ । तर सबै समाधान हुन्छ भन्ने आशा छ । वडा अध्यक्ष विष्णुप्रसाद दास भन्छन् सबै समस्याको समाधान हुन्छ तर बिस्तारै । हामी पहल गर्दै आएको छु । बिधालयको समस्या हाम्रो पनि समस्या नै रहेको हुनाले हाम्रो वडामा दुई वडा बिधालय रहेकाअ छन् । दुवै बिधालयमा समस्या छन् । सबैको समस्या समाधानका लागि हामी लागि परेको बताए ।