July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

देवाही गोनाही नपाद्वारा कक्षा ८ र १० का विद्यार्थीहरुका लागि निशुल्क कोचिङ्ग

फाल्गुण ♦११ गते  रन्धिर साह

रौतहटको देवाही गोनाही नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र संचालित रहेको बिधालयहरुमा निशुल्क कोचिङ्गको व्यवस्था मिलाएको छ । कोरोना भाइरस कोभिड-१९ को महामारीको प्रभाव देशको आर्थिक व्यवस्थामा मात्र न भइ शिक्षाको क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पारेको हुनाले कक्षा ८ र १० का बिद्यार्थीहरुका लागि निशुल्क कोचिङ्गको व्यवस्था मिलाइएको देवाही गोनाही नगरपालिकाको शिक्षा शाखा प्रमुख अरबिन्दकुमार यादवले बताएका छन् । उनका अनुसार कोरोना प्रकोपका कारण शैक्षिक अवस्थामा नकारात्मक प्रभाव परेकोले र बिद्यार्थीहरुलाइ पनि उच्च स्तरको शिक्षा दिने उदेश्यले बितेको माघ २५ गतेदेखि निशुल्क कोचिङ्गको व्यवस्था मिलाइएको बताए । विशेष गरि सो पालिकाको क्षेत्रभित्र पर्ने माध्यमिक र आधारभूत बिधालयका कक्षा ८ र कक्षा १० का बिद्यार्थीहरुलाइ अध्ययन रत रहेको बिधालयहरुमै बिधालयको व्यवस्था अनुसार कोचिङ्ग संचालन गराइने उनले बताए । विशेष गरि बिद्यार्थीहरु बिज्ञान, अङ्ग्रेजी र गणित विषयमा कमजोर रहेको र सबै विषयमा सबल बनाउने उदेश्यले पालिकाले सो कार्यक्रम जारी गरेको उनले बताए । उनका अनुसार वार्षिक परिक्षा नजिकिदै जादा ४५ दिनको लागि शैक्षिक सुधार मुलक कार्यक्रम लागू भएको बताए । अर्को वर्षदेखि सबै बिधालयहरुमा कक्षा ६ देखिनै कोचिङ्गको व्यवस्था मिलाउने कार्यविधिको प्रस्ताव समेत संचालनमा ल्याउने शिक्षा शाखा प्रमुख यादवले बताए । सो कार्यक्रमबाट बिद्यार्थीहरुको पनि मनोबल बढेको देखिन्छ । सो व्यवस्थालाई बिद्यार्थीहरुले एउटा सकारात्मक अवसरको रूपमा लिएर उसाहका साथ बिद्यार्थीहरुको सहभागिता भइरहेको बिधालयहरुले जनाएको छ ।