फाल्गुन ९ गते
प्रेमचन्द्र झा
राैतहट । गढिमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार बिहान ११ बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउदै गरेको नम्बर प्रस्ट नभएको ट्याक्टर घटना स्थलमा रहेको उक्त ट्रयाक्टर चालक जिल्ला रौतहट गढिमाई न.पा. ९ बस्ने बर्ष ५५ को जय लाल सहनी र वर्ष ५० को राम नाथ सहनी सिटीअस्पताल गरुडा मा चेकजाँच गर्दा मृत्युु भएको ले आवश्यक शव परिक्षणका लागि प्रादेशिक अस्पताल गाैर पठाईएको बताए ।
सोही दुर्घटनामा परि गम्भीर धाईते भएका वर्ष १७ को आकाश सहनी र वर्ष ७ किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगंज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।
वर्ष ६७ को राम प्रसाद सहनीको समान्य उपचार पश्चात डिस्चार्ज भएको छ । उक्त ट्याक्टमा सवार जम्मा १७ जना रहेकोमा २ जनाको मृत्यु , ७ जना घाईते मध्ये १ जना उपचार पश्चात डिस्चार्ज भई घर तर्फ गएको ६ जनाको उपचार भई रहेको र बाकी ८ जनालाई केही नभएको उनले बताए ।
अन्य घाईते वर्ष ४८ की गन्धी देवी
, वर्ष ४५ की सुखली देवी,वर्ष १८ को नितेश सहनी ,वर्ष १६ की अञ्चला कुमारी सहनीको प्रादेशिक अस्पताल गाैरमा उपचार भई रहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए ।
वांधमा विपरीत दिशा तर्फबाट आई रहेका मोटरसाइकललाई साइड दिने कटाउने क्रममा ट्रेकटर वांधबाट तल खसेका थिए ।दुबै जना मृतकको शव परीक्षण तथा सनाखतको लागी प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।
More Stories
घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग
पत्रकार महासंघ राैतहटको अध्यक्षमा ४ जनाकाे उम्मेदवारी,राम प्रवेश बैठा लगायत ११ जना सदस्य निर्विरोध ।
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान