July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्रीराम सुगर मिल्स जसरी भएपनि सञ्चालन गराउछु : किसान श्रेष्ठ ।

ओम प्रकाश यादव
फागुन ४ गते, रौतहट

बिगत चार वर्षदेखि बन्द रहेको रौतहटको श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालनका लागि संघीय संसदीय टोलिले आज उद्योगमा स्थलगत अवलोकन निरीक्षण गरेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिका संयोजक किसान श्रेष्ठ सहितको टोलिले बन्द अवस्थामा रहेको श्रीराम सुगर मिल्सको शुक्रबार बिहान ९ बजे अनुगमन निरीक्षण गरेका छन ।

सो उपसमितिको संयोजक तथा बारा–४ का संघीय सांसद समेत रहेका श्रेष्ठले मिल्सको अवलोकन गर्दै बन्द रहेका श्रीराम सुगर मिल्स पुनः सञ्चालन गराउन आफू कुनै कसर बाकी नराख्ने बताएका छन ।

मिल्स चलाउन पुरै स्रोत साधन एवं उपकरण हुँदाहुँदै मिल्स बन्द गर्नु दु:खद रहेको बताउदै उनले बन्द रहेको यो उद्योगलाई आफुले जसरि भए पनि सञ्चालन गराएर छाड्ने प्रतिबद्धता जनाएका छन ।

आफुहरुले देशमा बन्द भएको कयौ चिनी उद्योगलाई पुनः सञ्चालन गराउन सफल भएको उदाहरण दिदै संयोजक श्रेष्ठले ६ सय भन्दा बढी मजदुर र कर्मचारीलाई रोजगारी दिने तथा १६ हजार भन्दा बढि किसानहरु लाभान्वित हुने रौतहटको गौरवको रूपमा रहेको श्रीराम सुगर मिल्स जसरि भएपनि सञ्चालन गराउने बिश्वास दिलाएका हुन ।

स्थलगत अनुगमनपछि आफूहरूले उद्योग चलाउन सकिने प्रचुर सम्भावना देखेकोले अलि ढिलो भएपनि मिल्स सञ्चालन गराउने उनले बताए ।

मिल्द बन्द हुँदा धेरै श्रमिक र कर्मचारी रोजगारि गुमाएको र हजारौ किसान प्रभावित हुन पुगेकोले उद्योगिले कुनै हालतमा मिल्स सञ्चालन गर्नुपर्ने उनले धारणा राखे ।

सांसद श्रेष्ठले श्रीराम सुगर मिल्सलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा संसदीय समितिमा व्यापक छलफल गरेर एउटा निस्कर्षमा पुग्ने बताए ।

‘४ वर्षदेखि बन्द भएको उद्योगको अवस्था हेर्दा फ्याक्ट्रीभित्र मेसिन र अन्य उपकरण काम लाग्ने अवस्थामा रहेको कुरा हामीले पायौँ,’ उपसमिति संयोजक श्रेष्ठले भने, ‘चिनी मिलसँग जोडिएका प्राविधिक विज्ञ, अनुभवी साथीहरूसँग सरसल्लाह गरेर यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गरेर अगाडि बढ्छौँ ।’

चिनी उद्योग तथा उखु किसान समस्या समाधान र सुझाव उपसमिति संयोजक किसान श्रेष्ठले उक्त श्रीराम सुगर मिल्स चलाउने विषयमा समितिले कुनै कन्जुस्याइँ नगरि निकै चासोका साथ काम गर्ने बताए ।

२०५१ साल पुस २४ गतेदेखि उखु क्रसिङसँगै सञ्चालनमा आएको श्रीराम सुगर मिल्स २०७७ साउन ११ गतेबाट बन्द अवस्थामा रहेको छ ।

जिल्लाको सबैभन्दा ठूलो उद्योगको रूपमा स्थापित उद्योगलाई मिल प्रशासनले चार वर्षअघि एउटा सूचना जारी गर्दै सधैका लागि बन्द भएको घोषणा गरेको थियो ।

२०७७ सालमा श्रीराम सुगर चिनी मिल्स बन्द भएपछि मिल्सको भौतिक पूर्वाधार जीर्ण अवस्थामा पुगेका छन भने गोदाम घरहरु समेत जीर्ण भएर भत्कने अवस्थामा पुगेको देखिएको छ ।

कारखानाभित्र लामो समयदेखि सरसफाइ तथा मर्मत सम्भार नहुँदा मेसिनहरू खियाले खाएका छन् भने कारखाना परिसर काँसघारीमा परिणत भएको छ ।

य्सैबिच श्रीराम सुगर मिल्स लिमिटेड संचालन संघर्ष समितिले यो उद्योग जसरि भएपनि सञ्चालन गराउन अव्लोकन गर्न आएका संसदीय समितीको टोलिलाइ ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएका छन ।

आफुहरुले मिल्स संचालन गराउन प्रधानमन्त्री देखि लिएर विभिन्न निकाएलाई ध्यानाकर्षण गराएपनि मिल्स सञ्चालनका लागि अझै कसैले पनि कुनै प्रकारको पहल न गरेको बताउदै संघर्ष समितिका संयोजक तथा उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले यो सान्सद किसान श्रेष्ठको नेतृत्वको टोलिले मिल्स सञ्चालन गराउनेमा आफू पुरै आसाबादी रहेको बताए ।

उद्योग स्थापनाका लागि किसानहरुले कौडिको भाउमा ८७ बिघा जग्गा उद्योगलाई दिएकोले उद्योग जसरि भएपनि सञ्चालन हुनुपर्ने र उद्योगिको मिलेमतोमा नेपाल बैंकले अनियमित तरिकाले गरेको टेण्डर रद्द हुनुपर्ने आफुहरुको मुख्री माग रहेको अध्यक्ष यादवले बताए ।

आज भन्दा करिब ३० वर्ष पहिले उद्योग स्थापना गर्न यहाँका किसानहरुले उद्योगिलाइ प्रती कट्ठा ७ हजारको दरले मात्र गरि ८५ बिघा जमिन उप्लब्ध गराएको यादवले बताए ।

प्रती कट्ठा ७ हजारको दरले मात्र उप्लब्ध गराएको उक्त जगाको मुल्य अहिले आकाशिएर प्रती कट्ठा ४ करोडको हाराहारीमा पुगेकोले उद्योगिले अहिले सस्तोमा किनेको सो जग्गा महँगोमा बिक्रि गरि ठूलो आर्थिक लाभ लिन खोजेको उनले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजबादिका नेता रेवन्त झा, जसपा नेता राजकुमार दास, नेकपा एसका नेता बृज किशोर यादव, रामभरोश यादव, सन्तोश साह लगाएतका नेताहरुले आ-आफ्ना धारणा राख्ने क्रममा उद्योगिले पहिला उद्योग सञ्चालन गरोश भन्ने पक्षमा आफुहरु रहेको तर उद्योगिले उद्योग सञ्चालन नगरे किसानहरु संग खरिद गरेको प्रती कट्ठा ७ हजारकै दरमा किसानको जग्गा फिर्ता गर्नेपर्ने बताएका थिए ।

उद्योगिले उद्योग सञ्चालन न गरे आफुहरु कुनै हालतमा मिल्स का उपकरण अन्यत्र लैजान नदिने उनीहरुले चेतावनी समेत दिए ।

नेपाल र नेपालीको लागि चिनी मिलभन्दा उपयोगी र राम्रो उद्योग कुनै छैन, यसले सहरको पैसा गाउँमा लैजान्छ, गाउँको कृषकलाई नगद पैसा दिन्छ, चिनी उद्योगको हरेक चिज काम लागछ, नेकपा एसका मेयर प्रत्याशि समेत रहेका बृजकिशोर यादवले भने, ‘तत्कालीन समयमा चिनी कारखाना चल्दा यसले हजारौको रोजगारि दिएको थियो भने २० हजार भन्दा बढी कृषक लाभान्वित भएका थिए, तर यस्तो उद्योग बन्द हुनु भनेको मुलुकको लागि दुर्भाग्य हो ।’

श्रीराम सुगर चिनी मिल्सको स्थलगत अनुगमनमा उपसमिति संयोजक किसान श्रेष्ठ, उपसमितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल् प्रहरीका एसपि मदन कुमार श्रेष्ठ, ससस्त्र प्रहरीका एसपि माधव रेग्मी, उखु उत्पादक संघ रौतहटको अध्यक्ष अशोक यादव, नेकपा एसकि महिला नेतृ सरला यादव