July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा विजयपुर नपाको नगर अधिबेशन सम्पन्न

राैतहट, 3 फाल्गुन
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत फतुवाविजयपुर नगरपालिकाको सातौ नगर सभा बिहिवार सम्पन्न भएको छ! लामो समय सम्म बिबादित रहेका फतुवा विजयपुर नगरपालिकाले जनप्रतिनिधिको सहमति पश्चात सातौ नगर सभा सम्पन्न गरेको हो!
राजश्वको रकम अनियमित्ताको अभियोगमा निर्वाचित नगरप्रमुख गोपाल राय यादव निलम्बन भएपछी नगर प्रमुख बिहिन भएको कारण जनप्रतिनिधि बीच विवाद उत्पन्न भै गएको अशाढ़ १० मै सम्पन्न गर्नु पर्ने नगर सभा ८ महिना ढिलो गरि सम्पन्न भएको छ!
कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको सभा अध्यक्षतामा भएको नगर अधिबेशनमा आर्थिक बर्ष २० ८०/०८१ को नीति कार्यक्रम प्रस्तुत गरिएको छ! प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बाचन गरेका नीति कार्यक्रममा ४८ करोड ५ लाख ८८ हजार २ सय रुपैयाको अनुमाणित आय प्रस्तुत गरिएको छ!
नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको क्षेत्रमा स्वास्थ्य शहर फतुवा विजयपुरको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार, मूल नारा अन्तर्गत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएको छ! स्वास्थ्य सम्बन्धि बिभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम संचालन गर्ने जोड दिइएको छ! पोषण मैत्री शासन युक्त नगर घोषणा अभियानलाइ तिब्रता दीदै आयुर्वेदिक चिकित्सा पद्दतिको प्रबर्धन गरिने जोड दिइएको छ!कृषि तर्फ बगर खेती तथा सामुहिक खेती, कृषि उत्पादन वृद्धि गर्न भुमिको चक्ला बन्दी लाइ प्रोत्साहन गर्ने लक्ष्य लिएको छ! शिक्षा, युवा तथा खेलकुद र व्यवसायिक तालिम,खानेपानी तथा सरसफाई, पर्यट्न विकास बन तथा बातावरण र फोहर मैला व्यवस्थापन, न्याय सम्पादन,, सार्बजनिक सेवा प्रवाहमा सुधार, शुसासन र सार्बजनिक खर्चमा बितिय अनुशासन तथा पारदर्शिता कायम, महिला, बाल बालिका, दलित, अल्प संख्याक तथा जेष्ठ नागरिक साशक्तिकारण क्षमता विकास, सहकारी क्षेत्र र सुचना संचार र प्रबिधिको विकास गर्ने तर्फ बिभिन्न किसिमको कार्यक्रम संचालन गर्ने नीति लिएको छ!
नगर सभाको उदघाटन सत्रमा निर्वाचित वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ सास्थाका प्रतिनिधि लगायत समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ!