रौतहट,०४ गते फागुन ।
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत देवाहीगोनाही–रौतहटमा सुुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक कार्यक्रम आज सम्पन्न भएको छ । जिल्लाको देवाहीगोनाही नगरपालिकाको सभाकक्षमा अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजन गरिएको हो ।
शुक्रवार तराइ विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना र जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन तथा देवाहीगोनाही नगरपालिकाको सहकार्यमा एक दिने प्रशिक्षणमूलक कार्यक्रम भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका डा.हेम बहादुर केसीले पहिला कागजात नपुुगेर भ्रष्टाचार ठहरिन्थ्यो अहिले आएर कागजात भित्र नै भ्रष्टाचार बढेको बताए । सरकारी कार्यालयम कागजात सच्याउने काम भइरहेकोले यस्तो नगर्न आग्रह गरे । मधेशको सरकारी कार्यालयहरुमा विचौलीयाको बिगबिगी बढेको भन्दै यसप्रति गम्भिर हुनुु सुुझाव दिए ।
साथै उनले भ्रष्टाचार ठहर भए हुने कैद र जरिवानाको बारेमा पनि विस्तृत रुपमा जानकारी गराएका थिए । उनले हरेक इकाइहरुमा सदाचार युनिट गठन गरेर अगाडी बढन सके भ्रष्टाचारलाई न्यूूनिकरण गर्न सकिने बताए । केसीले इमान्दारिता पूर्वक काम गर्न सबैजना लाइ आग्रह पनि गरेका थिए ।
कार्यक्रममा महालेखा परिक्षक कार्यालयका नायव महालेखा परिक्षक एवम् मधेस प्रदेश प्रमुख श्याम भण्डारीले कार्यालयहरुको प्रशासन व्यवस्थापनमा कसरी सुधार गर्न सकिन्छ,त्यसको सुुझाव दिने काम मात्र मलेपाले गरिरहेको बताए । त्यसैले प्रक्रिया तथा विधिलाई ध्यानमा राख्दै काम गर्न सुुझाव दिए ।
देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले नगरपालिकाको संक्षिप्त परिचय दिदै यहाँ बाट हुुने सेवा प्रवाह बारे साझा गर्नुु भएको थियो । साथै उनले स्थानिय तह सञ्चालनमा कार्यालय प्रमुखले सामना गर्नु परेको समस्या बारे पनि आफनो धारण राखेका थिए । उनले पटक पटक कार्यकारी फेरबदलले सेवा प्रवाहमा समस्या हुुने गरेको बताए । दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामकाजमा समस्या हुने गरेकोले सुुनाए । स्थानिय तहमा हुने गरेको विवाद समाधानका लागि कदम चाल्नुुपर्ने उनको धारण रहेको थियो ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफनो भूमिका बिर्सेर अरुको काममा चासो देखाएका कारण स्थानिय तहमा समस्या आउने उत्पन्न हुने गरेको बताए । आफनो उतरदायित्व बोध भएर काम गर्न उनको आग्रह थियो । यहाँको स्थानिय तहमा जुन जनप्रतिनिधीहरु बिच बोल्दै नबोल्ने मानसिकता छ,त्यसलाइ परिवर्तन गर्नुपर्दछ । जनतालाइ केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुुमार फुुयालले स्थानिय तहले राष्ट्रिय अर्थतन्त्रमा कसले कति योगदान पुुर्याएको त्यसको आधारमा हामीले छनौट गरि आयोजना दिने गरेको बताए । आगामी वर्ष स्थानिय तहलाइ प्रदान गर्दै आएको आयोजनामा समिक्षा गरेर बढने प्रतिबद्धता जनाए ।
आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईले रौतहट लाई समृद्ध बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजन गरेको बताए ।
कार्यक्रममा जिल्लाको १८ स्थानिय तहका प्रमुख,उपप्रमुख,विभिन्न कार्यालयका प्रमुख, कर्मचारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मधेश प्रदेशमा उत्कृष्ट र कार्य सम्पादनमा सबै भन्दा बढी अंक प्राप्त गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र पत्रकार संजय मिश्र लाइ सम्मान गरिएको थियो ।
More Stories
घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग
पत्रकार महासंघ राैतहटको अध्यक्षमा ४ जनाकाे उम्मेदवारी,राम प्रवेश बैठा लगायत ११ जना सदस्य निर्विरोध ।
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान