July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

‘असाहय सँग मेयर’ कार्यक्रममा आफूलाई बदनाम गर्न खाेजियाे:वडाध्यक्ष साह

राैतहट,२६ गते माघ ।
राैतहट-माैलापुरमा’असाहय सँग मेयर’ कार्यक्रममा आफूलाई बदनाम गर्न खाेजिएकाे वडा नम्बर ९ का वडा अध्यक्ष श्याम किशोर साहले बताएका छन् । आज(शुक्रबार) पत्रकारहरू सँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।

बिवाह कार्डकाे आधारमा आफूले गरेकाे सिफारिसमा बदनाम गराउन खाेजिएकाे उनकाे भनाइ छ । नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिसिबी साधन खाेजेकाे उनले आराेप लगाएका छन् ।

बिबाहको कार्डको आधारमा गरेको सिफारिश माथि नगर प्रमुखले छानबिन नै नगरेकाे उनकाे भनाइ छ । नगर प्रमुख र हाकिमले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको आरोप लगाएका छन् ।

नेकपा एमाले बाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुख आफ्नो नजिकको व्यक्तिलाइ वडाको सिफारिश बिना रकम दिने गरेको पनि आराेप लगाए । गरिब असहायलाइ सिफारिश गरेर पठाउदा फाइल नै गायब गराई दिने कार्य गर्दै आएको उनकाे आराेप छ ।

यतिमात्र हाेईन् कि आफूहरूलाई वडाकाे बजेट बाट बञ्चित गरिदिएका छन् । माैलापुर वडा नम्बर ९ का स्थानीय महेन्द्र राय यादवले आफनाे छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले पालिकाको निर्णय अनुसार अनुदान सहयोग उपलब्ध गराई दिन वडा अध्यक्ष साह सँग सिफारिस गराएका थिए ।

यता निवेदक महेन्द्र राय यादव सँग बुझदा आफनाे छाेरीकाे विवाह पाेहाेर साल भएकाे स्विकार गरे । तर अनुदान रकमका लागि फाईल पेश गर्दा फाईल नै नगरपालिका बाट गायब भएपछि आफू बाध्यताबस अर्काे नयाँ फाइल बनाएर पेश गरेकाे बताए । नगरपालिकाले आफूलाई सहयोग रकम बाट बञ्चित गर्न थालेपछि बाध्य भएर नयाँ बिवाह कार्ड बनाउनु परेको बताए ।

त्यसैगरी स्थानीय ठगा साहले आफनाे छाेरीकाे बिहेमा आर्थिक सहायताका लागि आवेदन दिदाँ पनि सुनुवाइ नभएको बताए । अहिलेसम्म पैसा पाउन नसकेको उनकाे भनाइ छ । मेयर सँग माग्न जादाँ पैसाकाे भकारी खुलेकाे हाे? भनेर उल्टै थर्काउने गरेकाे आराेप लगाए ।

अर्का स्थानीय नरेश राय यादवले आफनाे बहिनीकाे बिहेमा नगरपालिका बाट प्रदान हुँदै आएको सहयाेग माग्न जाँदा पाउन नसकेको बताए । नगरपालिकामा यसका लागि धाउँदा धाउँदा थाकि सकेको बताए । यता यस विषयमा माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहकाे माेबाईलमा सम्पर्क गर्दा फाेन उठन सकेको छैन् ।