July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नगरपालिकाले शून्य कर नीति सहीत १० बुँदे माग सहित मेयर प्रत्यासी विजय यादव बुझाए ज्ञापन पत्र

माघ २९ गते

रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ ।

नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आजपा नगर कमिटी जनाएको छ। कार्यबाहक नगर प्रमुख अम्ब्या खातुन र प्रमूख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान समक्ष विभिन्न दश बुँदे माग सहित ज्ञापन पत्र पेश गरेको र आजपाले राखेको मागहरु सम्बोधन नभए बेवास्ता गरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको फतुवा विजयपुर नगर कमिटी अध्यक्ष एवम मेयर प्रत्यासी विजय यादव निर्विजले बताए ।
युक्त अवसरमा मेयर प्रत्यासी विजय सहीत, स्थाई कमिटी सदस्य पूर्व उप मेयर कान्त्ती देबी महतो, प्रदिप पटेल, केन्द्रीय सदस्य ब्रहृमानरायण यादव, रामासंकर पासवान, सहेन्द्र साह , रामशरण यादव, मुकेश साह महिला नेतृ सुनिता महतो लगायतका उपस्थीत थिएँ।

” देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधयभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ।

जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेकोछ ।

यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौ ।

१. नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् ।

२. नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् ।

३. यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् ।

४. उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले नगरपालिकाले समयमा पैसा न तिर्दा आम नागरिकको लाईनको समस्या समधान गरियोस।
५. सेप्टी टयानकी सरसफाई निःशुल्क होस
६. मालपोतको कर निःशुल्क होस
७. शिक्षक, कर्मचारी र समाजिक सुरक्षा भता वितरण कार्य समयमा गरियोस
८ . नगर भरीको सम्पूर्ण सुकुम्बासीको समस्या चाडै समधान गरियोस
९. नगर भरीका सम्पूर्ण अस्पतालमा औषधी आपृती गरियोस
१०. सिँचाइको ब्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने

  1. अन्त्यमा, हाम्रा मागहरु प्रति बेवस्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ ।” ज्ञापन पत्रमा उल्लेख गरिएको छ।