July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जसपा, लोसपा, माओवादी परित्याग गर्दै नेताहरु आजपामा प्रवेश गरे

काठमाडौं २१ गते माघ

बिभिन्न पार्टी परित्याग गरी नेताहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपाको केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौं आज नवप्रवेशीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहलाई पार्टीमा स्वागत गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश कमिटीका सदस्य विभा साहले आजपामा प्रवेश गरेकी हुन् । जसपा पार्टीको जंङ्लराज र भ्रष्टाचारले मधेश प्रदेशलाई अपमानित, बदनाम र दुर्गन्धित गराएको निष्कर्ष सहित साह आजपामा प्रवेश गरेकी हुन् । ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जिल्ला सदस्य सावित्री देवी चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महिला नेत्री देवकुमारी सेन्चुरी र जनमुक्ति सेनाका सरस्वती तामाङले आजपा प्रवेश गरेका छन् ।

दुई दिन अघि मात्रै बिभिन्न पार्टीका नेताहरुले आजपा प्रवेश गरेका थिए । सोसल डेमोक्रेटिभ पार्टीका पोलिटब्यूरो सदस्य तथा काठमाडौ–१० बाट सविधानसभा सदस्य प्रत्यासी कपिल थापा, राष्ट्रिय जनमुक्ति पार्टी भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा, कलाकार कपिल कुमार क्षेत्री र अखिल नेपाल होटेल क्यासिनो मजदुर संघका केन्द्रीय नेता अमर थापा मगर रामेछाप, ललितपुरको बामपन्थी नेता सूर्यमान महर्जन लगायतका नेताहरु आजपामा प्रवेश गरेका थिए ।

पछिल्लो समय आजपामा प्रवेश गर्नेको लहर चलेको आजपा केन्द्रीय सदस्य विजय यादव निर्विजले जनाएका छन् । मधेस, पहाडदेखी हिमालसम्म आजपा शसक्त रुपमा विस्तार भईरहेको बताउँदै उनले देशैभरी संगठन निर्माण समेत तिब्ररुपमा अगाडी बढेको बताए ।