July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटमा मनाइयो ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस

राैतहट,१६ गते माघ ।
राैतहटमा ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस धुमधाम साथ सम्पन्न भएको छ । जिल्ला स्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आङ्गिक शिक्षालयको रुपमा संचालित गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटमा प्रवीणता प्रमाणपत्र तह नर्सिङ्ग र मिडवाइफ्री कार्यक्रममा अध्ययनरत रहेको छात्रछात्रा नर्सिङ कर्मचारी स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको कर्मचारीहरुले
साे दिवस मनाएका हुन् ।
जिल्ला सदरमुकाम गाैर स्थित विभिन्न स्थानमा शिक्षालय देखी बरहवा पुल, ट्रान्सर्फमर चौक, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय हुँदै प्रादेशिक अस्पताल गौर रौतहटमा एक कार्यक्रम गरि सम्पन्न गरेको हाे ।
उक्त कार्यक्रमको अध्यक्षता गौर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकराज पौडेल प्रमुख अतिथी प्रादेशिक अस्पताल गौरको नि. प्रमुख अनुठा राय यादव, विशिष्ट अतिथी नर्सिङ्ग इन्चर्ज सबिनाज वेगम गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटको प्रशासकीय अधिकृत मुकेश कुमार शाह, नर्सिङ्ग कोर्डिनेटर नितालेखी चौधरी, जगत नारायण सिङ्ग, समीक्षा शाही , शशी भूषण मिश्र लेखापाल उमेश कुमार पण्डित लगायतको उपस्थिति रहेको थियाे ।
साथै ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरु लाई पनि फलफूल बितरण गरिएको थियोे ।