July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

साझेदारी वनको अध्यक्षमा यादव निर्विरोध

राैतहट,१३ गते माघ ।
रंगपुर साझेदारी बन व्यवस्थापन समूहको अध्यक्षमा अशोकप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । शनिवार गरुडामा भएको साधारण सभाबाट यादव निर्विरोध निर्वाचित भएका हुन् ।
गरुडा नगरपालिका ५ झाँझपुलस्थित माध्यमिक विद्यालयको प्रांगणमा भएको साधारण सभामा एउटा मात्र यादवको मनोनयन दर्ता भएकोले निर्वाचन समितिले यादवलाई निर्विरोध चयन भएको घोषणा गरेको छ । अध्यक्ष पदमा यादव निर्विरोध निर्वाचित भएपछि अन्य पदमा सहमतिको वातावरण बनिरहेको समितिले जनाएको छ ।
साधारण सभाको उदघाटन सत्रमा पूर्व प्रदेश राज्यमन्त्री नागेन्द्र यादवले साझेदारी बनले जनताको जीवनस्तर र वातावरण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । समूहको नयाँ नेतृत्वले बनबाट सर्वसाधारणलाई हुने सुविधामा अझ राम्ररी सहजीकरण गर्ने तथा बन जोगाउन र वातावरणमा योगदान दिन विशिष्ट भूमिका खेल्ने बताएका छन् ।
साधारण सभाका वक्ताहरुले वातावरण जोगाउनको लागि बन आवश्यक भएको बताउँदै मधेशको भूमिलाई मरुभूमिकरणबाट बचाउन पनि सबैले बन जोगाउन तथा रुख रोप्न सिक्नुपर्ने बताएका छन् ।
समूहको अध्यक्षमा यादव दोस्रोपटक निर्वाचित भएका हुन् ।