प्रेमचन्द्र झा
माघ १८ गते
राैतहट । नेपाल पत्रकार महासंघ राैतहटको आयोजनामा आधारभुत पत्रकारिता तालिम जिल्लाको मध्य भाग गरुडामा शुरु भएको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्त मणि प्रसाद जयसवालले एक कार्यक्रम बीच तालिमको उदघाटन गरेका छन । उदघाटन मन्तवय राख्दै नगर प्रमुख जयसवालले सञ्चारकर्मीलाई राज्यले चाैथो अंगबाट त्यतिकै परिभाषित गरेको होईन । आफ्ना कर्म निर्विवाद ढंगले गर्न सञ्चारकर्मीलाई आग्रह गरेका थिए । एक हप्ता सम्म संचालन हुने सो तालिममा जिल्लाका सकृय सञ्चारकर्मिहरुकाे सहभागीता रहेका छन । सकृय सञ्चारकर्मीकाे लेखन क्षमता अभिवृद्धि गराउने उदेश्यले तालिम आयोजना भई रहेको नेपाल पत्रकार महासंघ राैतहटका उपाध्यक्ष प्रविण कुमार शर्माले बताए । सो तलिमका उदघाटनको अवसरमा ईलाका प्रहरी कार्यालय गरुडाक प्रहरी निरिक्षक श्री राम तिमिल्सिना , सशस्त्र प्रहरी वेस क्याम्प दुधियाभारका सशस्त्र प्रहरी निरिक्षक मोहन कुमार सापकोटा, महासंघका जिल्ला सदस्य विणा श्रीवास्तवले मन्तव्य राखेका थिए।
सो तालिममा विभित्र सञ्चार माध्यममा कार्यरत ४० जना सञचारकर्मिको सहभागीता रहेका छन । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको थियाे भने कार्यक्रम सञ्चालन पत्रकार रानी साहले गरेकी थिईन ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह