July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बैंकहरुको ज्यादती विरुद्ध आजपाको मधेश बन्दको आहवानःनगर अध्यक्ष महतो

रौतहट,१० गते माघ ।
बैंकहरुको ज्यादती विरुद्ध आम जनता पार्टीले मधेश बन्दको आहवान गरेको आइटि आर्मीको देवाहीगोनाही नगर अध्यक्ष बिरबल महतोले बताएका छन् । मधेश बन्द आहवानको पूर्व सन्ध्यामा सञ्चारकर्मीहरु सँग कुराकानी गर्नुु हुँदै उनले यस्तो बताएका हुन् ।
आम जनता पार्टीको मधेश प्रदेश कमिटिले बैैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता,लघुविक्त तथा सहकारीबाट लिएको कर्जा माफि तथा आम जनतालाइ सहज कर्जा उपलब्ध गराउन माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरेको बताए ।
उनले भने,“बैंकहरु जुन आतंक मच्चाएको हो,त्यसलाइ हामी समाप्त पार्ने छौं । मजदुर,किसान, व्यापारी लगायत आम जनता सँग भोलीको मधेश बन्द सफल पार्न आहवान गर्दछुु । बैंकहरुको ज्यादती विरुद्ध यदि हामी खडा भएनौ भने उनीहरुको ज्यादती अझै बढ्दै जानेछ । त्यसैले हामी यसलाइ रोकौं”
वास्तवीक किसानहरुले ऋण नपाइरहेको उनको भनाइ छ । बैंकहरु लुट्ने काममा लागि परेको उनको आरोप छ । बैंकले गर्दा गरिबी बढेको छ । आम जनता सँग पैसा छैन् । आर्थिक तंगीमा सर्वसाधारण छन् । त्यसैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । व्यवसायीलाइ उद्धार गर्न हामीले बन्दको आहवान गरेका हौं । यसबाट व्यापारीहरु मर्का पर्दैन्न् कि उनीहरुको समस्याको गाँठो फुक्नेछ ।
त्यसैले हामीलाइ साथ दिनुस् आम जनता पार्टीको मधेश बन्द कार्यक्रमलाइ पारौं भन्दै महतोले आम जनतामा आग्रह गरेका छन् ।