July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट,०५ गते माघ ।
इलाका प्रहरी कार्यालय कटहरियाले आज बजार व्यवस्थापन लगायत कटिया हाउस(होटेल), मासुु,तरकारी,फलफूल,माछा,खादान्न सम्बन्धी,स्वच्छ सफा,ताजा तथा कालो बजारी न्यूनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । रौतहटको चर्चित बजार कटहरिया बजारमा रहेको कटिया पसलहरुको गुणस्तर बढाउन छलफल गरिएको हो ।
कार्यक्रमको प्रारम्भमा इप्रका कटहरियाका प्रहरी बरिष्ठ नायव निरिक्षक अरुण कुमार सिंहले कटहरियाको कटिया पसलमा कालोबजारी बढेको आफूू समक्ष गुणासाहरु आउन थालेको सञ्चालकहरु लाइ जानकारी गराएका थिए । कटहरिया कटियाको लागि प्रसिद्ध रहेकाले यसको गुणस्तर कायम राख्ने दायित्व कटिया हाउस सञ्चालकहरुको रहेकोले यस तर्फ ध्यानदिनुपर्ने सुुझाएका थिए ।
कटहरियामा रहेका कटिया होटेलहरुले बिक्री गर्ने कटिया मासुुको मूल्य निर्धारण गर्नुुपर्ने,मूल्यसूचि राख्नुपर्ने,गुणस्तर बढाउनु पर्ने,सरसफाइ,होटेलको सेवा स्तरीयता बढाउन सुुझाव दिने उदेश्यले कार्यक्रम आयोजन गरिएको थियो ।
उपभोक्ताहरुलाइ सफा,स्वस्थ,गुणस्तर युुक्त कटिया बिक्री वितरणमा ध्यान दिन सुुझाव दिइएको थियो । कार्यक्रममा उपस्थित व्यक्तीहरुले कटहरिया बजारमा मासुु,माछा,मुुर्गा कटरहरुको बिक्री वितरण गर्ने ठाउँ निधारण गर्नुुपर्ने,पसल बन्द गर्ने समय निर्धारण गर्नुपर्ने लगायत विषयमा आ आफनो धारण राखेका थिए ।
कार्यक्रममा आफनो धारणा राख्दै कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजारको कटिया व्यापार घट्दै गएको भन्दै यस तर्फ सबैको ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
यस्तै कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले यी समग्र विषयहरुमा एउटा ठोस निर्णय गरि अगाडी बढनुुपर्ने बताए । यी विषयमा छिट्टै नै निर्णय गरिने उनले बताए । ।
कार्यक्रममा मेयर प्रत्यासी नसरुदिन अन्सारी,योगेन्द्र साह ,समाजसेवी राकेश गिरी,बिनोद साह लगायतले आफनो धारणा राखेका थिए । उनीहरुले चराचुरुङ्खीको मासु विक्रि वितरण गर्दा ग्राहक समक्ष बनाएर विक्री गर्नुपर्ने,मासुु तौल गरेर बेच्न आग्रह गरेका थिए ।
इप्रका कटहरियाको इन्चार्जको जिम्मेवारी सम्हाले देखि नै बरिष्ठ सइ सिंह एक्सनमा काम गरिरहेका छन् । आउने वितिकै परिच्यात्मक कार्यक्रम देखि लिएर सार्वजनिक सुनवाइ कार्यक्रम पनि आयोजन गरि सकेका छन् । नयाँ प्रमुखमा सिंह आएपछि इप्रका कटहरिया थप सक्रिय बन्दै गएको छ । शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाएका उनले कडा एक्सनका साथ काम गरि राख्नुभएको छ ।