July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राम मन्दिरको प्राण प्रतिष्ठाको दिन माछा,मासुु विक्री वितरण नगर्न कटहरिया नगरपालिको अनुरोध

रौतहट,०५ गते माघ ।
भारतको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन माघ ८ गते कटहरिया नगरपालिकाले माछा,मासु र मदिराको बिक्री वितरणमा रोक लगाइएको छ ।
नगर प्रमुख अजय प्रकाश जयसवालको निर्देशनमा यहि माघ ८ गते (२२ जनवरी) सोमबारका दिन राम मन्दिर अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिषठा हुन गइरहेकोले सो दिन कटहरिया नगर भित्र कुनै पनि पशुपंक्षी,जिव जन्तुु आदिको बध मदिरा तथा माछा,मासु बिक्री बितरण नगर्न कटहरिया नगरपालिकाले अनुरोध गरेको छ ।
कटहरिया नगरपालिकाले बिहीवार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ८ गते नगरपालिका भित्र कुनै पनि पशु, जीवको बध तथा मदिराको बिक्रिवितरण नगरिदन आग्रह गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र राय यादवले जानकारी गराए ।
यस्तै जिल्लाको अन्य पालिकाहरुले उक्त दिन माछा,मासुु विक्री वितरण नगर्न अनुरोध गरेको छ ।