July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आज १७औ दिन देखि भन्सारमा ४५ प्रतिशत रकमले पुरस्कृतहुने कर्मचारीको_नाम_सार्वजनिक गर

काठमाडौं

भन्सार_छलि_नियन्त्रणको_नाममा_प्रहरीद्वारा_भईरहेको_छिनछोर_बन्द_ग़र आम सम्पर्क मञ्चद्वारा भईरहेको भन्सार बिभाग घेराउ आज १७ औ दिन पुगेकोछ । भन्सार घेराउको क्रममा आज आन्दोलनकारीहरुले “भन्सारमा ४५% रकमले पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गर्न र भन्सार छलि नियन्त्रणको नाममा प्रहरीद्वारा भईरहेको छिनछोर बन्द गर्न” माग गरेकाछन । देशको आर्थिक संकट सुधारको लागि राजस्व चुहावट रोकन जरुरी छ । यसरी पुरस्कारको नाममा भन्सारबाट उठेको रकम झण्डै ५०% सिधै मन्त्री एवं उच्च पदस्थ कर्मचारीको खातामा जानु कुनै हिसाबले सही होइन । भन्सारमा भईरहेको भ्रष्टाचारजन्य कार्य रोकन र सिमा क्षेत्रको जनताको मनोबल उठाउन गरिएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनुवाई नगर्नु दुःखद हो । यस जनपक्षीय कार्यमा सबैको सहयोगको लागि बिशेष अनुरोध गर्दछु ।