July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्री मावि कटहरीयामा छात्रवृत्ति वितरण सम्पन्न

कटहरिया,पुस १७ गते
रौतहट जिल्लाको कटहरीया नगरपालीकाको एक बिधालयमा छात्रबृत्ति वितरण गरिएको छ । सो नगरपालीको वडा नम्बर ५ स्थित रहेको श्री जनता नमूना माध्यमिक बिधालय कटहरियामा छात्रबृत्ति प्रदान गरिएको हो ।

मंगलबार नगरपालीका बाट आएको आर्थिक २०७९।०८० को छात्रबृत्ति वितरण गरिएको हो । बिधालयमा अध्ययनरत सम्पुर्न छात्रा,दलित छात्र छात्राछात्रहरु लाई कुल ५ लाख १२ हजार रुपयाँ वितरण गरिएको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हो ।

सो बिधालयमा अध्ययनरत २ देखी ९ सम्मका बिधार्थी लाई बवितरण गरिएको हो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष नसरुदिन अंसारीको अध्यक्षतामा वितरण गरिएको हो । साे अवसरमा बिधालय व्यवस्थापन समितिका पदाअधिकारिहरु र स्थानिय भद्रभलादमिहरुकाे उपस्थिति रहेको थियो ।

छात्रबृत्ति वितरणको अवसरमा कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,शिक्षा संयाेजक अनिल निधी,सह संयाेजक सुरेन्द्र ठाकुरको साथै वडा सदस्य भगल राय यादव पनि उपस्थिति रहेका थिए ।