July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा श्री अरबिन्द फाउन्डेसन द्वारा चन्द्रपुर , २ मा फाउन्डेसन भवन शिलान्यास , नगर प्रमुख काफ्लेले दिए धन्यवाद

रौतहट ७ गते

रौतहट स्थित चन्द्रपुर नगरपालिका , २ मा रहेको राधाकृष्ण मन्दिरमा आश्रम निर्माण हुने भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि श्री अरबिन्द फाउन्डेसन तथा गौ संरक्षण केन्द्र् भक्तपुरका संस्थापक श्री अरबिन्द शास्त्रीको विशेष उपस्थिति र वडा अध्यक्ष दुत्त बहादुर थिङ ( बुद्ध ) ले सयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
पुजारी निवास नाम दिएको उक्ति आश्रम धारा र शौचालय सहित दुई कोठे पक्की भवनको रुपमा निर्माण हुने फाउन्डेसनले जनाएको छ । यसरी निर्माण हुन भनिएको धार्मिक स्थल बारे खुसी ब्यक्त गर्दै नगर प्रमुख सन्जय काफ्लेले सरोकार विशेष मार्फत वडा बासीलाई धन्यवाद दिनु भै आफू यस्ता कार्यमा साथमा र्रहेको जानकार समेत दिनुभएको छ । शिलान्यास पश्चात् आफ्नो भनाइ राख्नु हुँदै वडा अध्यक्ष दुत्त बहादुर थिङ ( बुद्ध ) ले आफ्नो सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ । सोही शिलान्यास कार्यक्रममा फाउन्डेसनको तर्फबाट भक्तहरुलाइ सम्बोधन गर्नुहुदै श्री अरबिन्द शास्त्री महाराजले यस राधाकृष्ण मन्दिर आस्थाको धरोहर रहेको हुदा पुजारी निवास बरदान साबित हुने र सबैले साथ दिन आग्रह समेत गर्नु भै भागवत पुस्तकमा भक्तजनले आस्था स्वरुप चढाएको भेटी फाउन्डेसले सामाजिक काममा खर्च गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न सहयोगी दाता बाट शिलान्यास समयमै करिव एक लाख भन्दा बढी रकम नगद र जिन्सि दिने प्रतिबद्धता जाहेर भएको श्री अरबिन्द फाउन्डेसनले जानकारी दिएको छ । कार्यक्रममा गौ संरक्षण केन्द्र चन्द्रपुर , २ उप समिती , समाजसेबि बुद्धिजिबि लगाएत सम्पुर्णको उपस्थिति रहेको जसमा सन्तलाल कुस्वार , कल्याण कुस्वार , सन्जिब कुस्वार , कमला थापा लगाएतको श्री अरबिन्द फाउन्डेसनलाइ विशेष सहयोग रहेको संस्थाले जनाएको छ ।