राैतहट,पुस ०७ गते ।
रौतहटको गरुडा नगरपालिका-५ महम्मदपुर स्वास्थ्य चौकी शिवनगरमा परिवार नियोजन तथा स्थाई बन्धयाकरण तीन दिने शिविर शुरु भएको हो।
सो शिविरको शनिबार एक समारोहका बिच नगर प्रमुख कन्थमनी प्रसाद जयवसालले उद्घाटन गरेका हुन ।
उक्त शिविर पुस ७ गते शनिबारदेखि सोमबार साझ सम्म संचालनमा रहने गरुडा नपाका स्वास्थ्य संयोजक प्रवीण झाले जानकारी दिएका छन। नगर भरिकाका करीब १ सय ५० जना महिलालाई सो सेवा लिन पाउने जनाएको छ।
काठमाडौंका विशेषज्ञ डाक्टरहरुको टोलिले लगातार तीन दिनसम्म सो शिविर मार्फत सेवा दिईने संयोजक झाले बताए ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह