July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

‘चोर मन्त्री कुर्सी छोड़, राजस्व लुटन पाईदैन’ भन्दै आजपाले घेर्यो भन्सार विभाग

काठमाडौं ८ गते

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले अर्थमन्त्री प्रकाशशरण महतको राजिनामा माग गरेको छ । ‘चोर मन्त्री कुर्सी छोड’ जस्ता कडा नारा लगाउदै उनीहरुले काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै अर्थमन्त्री महतको राजिनामा माग गरेका हुन् ।

बिभिन्न माग गर्दै आम सम्पर्क मञ्चले शुरू गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज सातौं दिन पनि ‘चोर मन्त्री कुर्सी छोड़’ को नारा लगाउदै भन्सार बिभागमा धर्ना तथा घेराउ गरेको छ ।

आजपाको आहवानमा शुरू भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनवाई नगरेकोले आन्दोलनकारीहरु ‘चोर मन्त्री कुर्सी छोड़, राजस्व लुटन पाईदैन, भन्सार तिम्रो बैटैया हैन, हाम्रो माग पुरा गर’ जस्ता नारा आन्दोलनकारीले लगाएका छन् ।

आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने उनले बताईन् ।

आफूहरुको चरणबद्ध आन्दोलन जारी नै रहेको भए पनि सरकारले माग सम्बोधनमा ढिलाई गरेको प्रति समितिका संयोजक साहले दुख व्यक्त गरेकी छन् । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म शान्तिपूर्ण आन्दोलन अगाडी बढीरहने उनले बताईन् ।

भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुदैआएको छ । कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउँनुपर्ने माग आन्दोलनकारीको छ ।

यसैगरी भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर लगाउँने व्यवस्थाको अन्त्य हुनुपर्ने माग उनीहरुले गरेका छन् । आजपा प्रवक्ता चन्द्रभुषण साहले आफूहरुको माग सम्बोधनमा ढिलाई भए यो भन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउँने चेतावनी दिएका छन् ।

आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरेको संघर्षको पहिलो चरण अंतर्रगत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रवाधान जलाईंएको, १९ असोजमा तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो । तर सरकारले आफ्नो मागको कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढाउँनुपरेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।