July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा पुर्वमन्त्री खान र नगर प्रमुख साह द्वारा धरहरीमा सडक ढलानकाे शिलान्यास

रौतहट ,पुस ६ गते

रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा पुर्वमन्त्री अब्दुल खान र नगर प्रमुख प्रेमलाल साहले सडक ढलानको शिलान्यास गरेको छ ।
शुक्रबार एक कार्यक्रमको बिच वडा नं.९ धरहरीमा जनमत पार्टीका उपाध्यक्ष एवं पुर्वमन्त्री खान र नगर प्रमुख साहले संयुक्त रुपमा शिलान्यास गरेको हो ।
राष्ट्रिय आयोजना आयोगको कुल ८० लाख र देवाही गोनाही नगरपालिकाको ३७ लाख गरि जम्मा १ करोड १७ लाखको लागतमा ८ सय मिटर निर्माण हुने उक्त सडकको निर्माण कार्य यसै आर्थिक वर्षमा संम्पन हुने नगर प्रमुख साहले बताए ।
धरहरीमा पकी सडक नहुँदा यहाँका स्थानीयहरूलाई हिलोमा जानुपर्ने बाध्यता रहेको थियो तर सडक ढलान भएपछि उक्त समस्या समाधान हुने नगर प्रमुख साहले बिश्वास ब्यक्त गर्नु भयो ।
धरहरीमा मुख्य सडक शिलान्यास भएपछि वडावासी लगायत सो बाटो भएर आवतजावत गर्ने यात्रीहरुलाई पनि सजिलो हुने नगर प्रमुख साहले जानकारी दिनु भयो ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शन्देश कुमार यादव,वडा नं.९ का अध्यक्ष वीर बहादुर साह,६ का बिशुनु दास,२ का अतिकुल सहमान,सुरक्षाकर्मी,संचारकर्मी लगाएत स्थानिय भद्धभलादमी बुद्धीजिवीहरुको बिषेश उपस्थिती रहेको थियोे ।