काठमाडौं, २८ पुस । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।
More Stories
दण्ड जहिले पनि कमजोरलाई हुन्छ:-हेमलता शास्त्री
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तालाबन्दी भएको बिसय मा कार्यबाहक मेयर गरे खुल्लासा
रौतहटको प्रेमलाल बैठा बने हेटौंडा आइडलको सेकेन्ड विजेता