July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बैरगनियामा विशाल कलश यात्रा

 

असोज २८ गते

रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं १ बैरगनियामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ ।

बैरगनियाको ब्रहम बाबा मन्दिरको प्राङ्गणबाट हजारौँको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले नगरका संतपुर, गम्हरिया, घुसुकपुर, टोलापुर, लगाएत बिभिन्न भागको परिक्रमा गर्दै लाल बकैया खोलामा जलभरेर बैरगनिया चौकमा बनाइएको दूर्गा पण्डालमा स्थापित गरिएको स्थानीय समाजसेवी एवम नेकपा माओवादी केन्द्रका नेता वडा प्रत्यासी जगदीश यादवले बताए ।

हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैँको उपलक्षयमा तराईका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

यो पर्वमा प्रतिमाको रुपमा काली, दुर्गालगायत सात सहेली र एक भाइ गणेश मानेर पूजाआजा गर्ने परम्परा रहेको छ ।

पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलटुट्टी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म खसी बोकाको बलि दिने एवं नाचगान गर्ने गरिन्छ । अन्तिम दिन मेला बिसर्जन तथा दहन कार्यक्रम गर्ने गरिन्छ ।