कार्तिक १ गते रौतहट
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैया गाउँमा आज (बुधबार) बिहान ८ बजे आम जनता पार्टीद्वारा दशै तिहार तथा छठ पर्वको शुभ अवसरमा आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आम जनता पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री प्रभु शाहले हिन्दुहरुको महान पर्वको शुभ अवसरमा बडा दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै समसामयिक विषयबस्तुमा छलफल गर्नुको साथै सरकारद्वारा भैरहेको गतिविधि प्रती गुनासो व्यक्त गरेका छन् । यस्तै शुभकामना आदानप्रदान गर्दै कर्कचका पुर्व वडा अध्यक्ष अनिलकुमार झाले कर्कचमा संचालित हुँदै आएको कर्कच आधारभूत बिधालयमा निर्माण भएको भवनको सम्पुर्ण काम सम्पन्न भएता पनि मेयरको लापरबाहीका कारण संचालन हुन न सकेको तथा फलस्वरूप बिद्यार्थीहरु बाहिर बसेर पढ्न बाध्य रहेको समयमा विभिन्न अवरोधका बीच ताल्चा काटेर बिद्यार्थीहरुलाइ पढ्न सहज गराउनुका साथै धेरै काम हामिले मात्र गरेका छ्म ।
मेयर तथा वडा अध्यक्ष कानमा तेल हालेर सुतेझै काम गर्दै आएको आरोप समेत लगाउनु भयो । यस्तै कार्यक्रम बोल्दै वडा अध्यक्ष प्रत्यासी तथा आम जनता पार्टीका जिल्ला सदस्य र देवाही गोनाही नगरपालिकाका वरिष्ठ उपाध्यक्ष डा.पवन ठाकुरले गाउँको इतिहास बोकेको तथा सार्वजनिक सम्पत्ति रहेको कर्कच गूठी मठको अवस्था निन्दनीय रहेको दुख व्यक्त गरेका छन् । उनले मठको अवस्थामा अहिलेसम्म सुधार न भएको गतिविधिहरु देखेर दुख पोखेका छन् ।
कार्यक्रममा देवाही गोनाही नगरपालिकाका पुर्व मेयर धर्मेन्द्र पटेल, आम जनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साह, पार्टीका महेश याद, विकास झा, सनिफ आलम लगायत स्थानीयहरु लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।