July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेकपा माओवादीका नेताहरू द्वारा रौतहटमा आयोजित सरसफाइ कार्यक्रम सम्पन्न

रौतहट राम प्रवेश बैठा २६ गते असिन
नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुले सार्वजनिक स्थल सरसफाइ गरेर विशेष रुपान्तरण अभियान सुरु गरेका थिए । गत शनिबार माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट उदघाटन गरेपछि देशैभर एकसाथ सुरु भएको ‘जनतासँग माओवादी : विषेश रुपान्तरण अभियान’तीन महिनासम्म चल्ने छ । पार्टीको केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म वडा तहसम्मै परिचालन हुने र झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ माओवादी केन्द्रले रुपान्तरण अभियान थालेको छ । यही योजना अनुसार माओवादी अध्यक्ष प्रचण्ड शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँका स्थानीयले नागढुंगा सुरुङमार्ग निर्माणको क्रममा भोग्नुपरेका समस्याबारे जानकारी गराएपछि प्रधानमन्त्री प्रचण्डले कार्यक्रमस्थलबाटै आयोजना प्रमुखलाई फोन गरेर एक हप्ताभित्र समस्या समाधान सम्बन्धी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । अभियानको उदघाटनको दिन मकवानपुर, काभ्रे लगायतका विभिन्न जिल्लाहरुमा श्रमदान, शहीद परिवारलाई सम्मान र विकास निर्माणका काममा माओवादी नेता कार्यकर्ताहरु सहभागी भएका थियो माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उदघाटन भएको सोही अनुसार आज रौतहट जिल्लाको सम्पूर्ण नेता कार्यकर्ताहरु सहभागी भई सोही अवसरमा गरुडा नगर पालिका र गढीमाई नगरपालिका अन्तर्गत वडा नम्बर ३ मलाही टोल गाउँ भरी मा जिल्ला भारिका सडक सरसफाइ कार्यक्रम सहभागी हुन भएको रौतहट जिल्ला इन्चार्ज अनिल श्रेष्ठ पुर्व संविधान सभा सदस्य देवेन्द्र पटेल र प्रदेश सदस्य बिन्देस्वर यादव प्रदेश सदस्य एवं गरुडा मेयर प्रत्यासी बिपिन जयसवाल सोही वाड का अध्यक्ष अम्बिका सहनी गरुडा वाडा नम्बर ५ का वडाअध्यक्ष बिनोद साह प्रदेश सदस्य रामाकान्थ चौरसिया गौर नगर अध्यक्ष चन्देस्वर राउत प्रदेश महिला सदस्य देवकी नेपाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू नेता कार्यकर्ताहरु सुरक्षा कर्मी लगायत संचारकर्मी को सहभागितामा कार्यक्रम सम्पन्न थियो सोही को जानकारी गराउदै गरुडा नगर सचिव एवं मधेश प्रदेश प्रचार प्रसार बिभाग सदस्य जितेन्द्र श्रीबास्तवले बताए