July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जय किसान नमुना माबि धरहरीमा राष्ट्रिय बाल दिवसको अवसरमा गायन, नृत्य,चित्रकला, वक्तृत्वकला तथा नाटकहरु प्रस्तुत

रौतहट भदौ २९ गते

रौतहट जिल्ला क्षेत्र नम्बर ३  अन्तर्गत देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ मा श्री जय किसान नमुना माबि धरहरीमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा गायन, नृत्य,चित्रकला, वक्तृत्वकला तथा नाटकहरु प्रस्तुत गर्दै दिवस मनाएकोे छ ।
बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भने नाराका साथ देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीमा रहेको श्री जय किसान नमुना माबिको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरुले गायन नृत्य मार्फत मधेसमा हुने बाल हिंसा दहेज प्रथा लगाएतका कुरिती बारे जनचेतनामुलक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले हाम्रो समाजमा हुने बाल हिंसा अन्तयको लागि सबै अभिभावक एक जुट भएर लागे समाजबाट यो हिंसा आफै अन्तय हुने विश्वास ब्यक्त गर्नु भयो ।
अहिले पनि हाम्रो समाजमा पठनपाठनको हिसाबले छोरी भन्दा बढी छोरालाई प्राथमिता दिने गरेको भन्दै त्यसता सोचलाई अन्तय गर्नु पर्ने बताउनु भयो ।
नगर प्रमुख साहले अहिले हाम्रो समाजमा अहिले पनि आयस्रोत कम भएका विपन वर्गका ब्यक्तीहरुको आर्थिक अभावले गर्दा आफनो छोराछोरीहरुलाई बिभिन्न उध्योग कलकरखाना इट्टा भटा,होटेल जस्ता क्षेत्रमा काम गराई रहेको भन्दै त्यस्ता हिंसबाट मुक्त गर्नको लागि राज्य छिटो कदम चालनु पर्ने बताए ।
त्यस्तै वडा अध्यक्ष वीर बहादुर साहले अहीले जतात्यतैइ महिलाहरु बलत्कारको सिकार हुन पुगेको भन्दै बिधार्थी उमेर समुहका बालबालिकाहरुले स्कुलबबाट छुटी भए पश्चात सिधै आफनो घर र्फकन सबैलाई आग्रह गर्नु भयो ।
वडा अध्यक्ष साहले बाल हिंसाको साथै महिलाहरुलाई शारिरिक हिंसा हुने गरेकाले त्यसबाट बच्नको लागि सबै छात्रहरुलाई आग्रह गर्नु भयो ।
बिधालयका प्रधानाध्यापक संजय प्रसादको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले आ–आफना कला तथा प्रतिभा गीतसंगीत एवं नाटकको माध्यमले प्रस्तुत गरेका थिए ।
लागु पदार्थ दुव्र्यशनी तथा सामाजिक कुरीति विरुद्ध सो विद्यालयका विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका थिए ।
समाजमा हुने गरेका विभिन्न कुरीति, विकृति, विसङ्गतिको अन्त्य हुनुका साथै लागु पदार्थ दुव्र्यशनीलाई न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्ने परिकल्पनाका साथ विद्यार्थी भाइ बहिनीहरुले नाटक प्रदर्शन गरेको प्रधानाध्यापक संजय प्रसादले बताए ।
समाजमा जरा गाडेर बसेका दाइजोप्रथा, धामी झाक्रीमाथी गरिने अन्धविश्वास, घरेलु हिंसा जस्ता विद्यमान कुरीति कुसंस्कारहरूको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले विद्यार्थीहरुले नाटक प्रस्तुत गरेको उनले बताए ।
उनले भने,‘बालबालिका भनेका भोलीका भविष्य हुन त्यसैले कुनै बालबालिका विकृति विसङ्गति, अपराधीक गतिविधि, लागु पदार्थ दुव्र्यशनीमा संलग्न हुनु हुँदैन कोही त्यस्ता बालबालिका छन् भने अभिभावक समेत सचेत हुनुपर्छ ।
कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई नगर प्रमुख प्रेमलाल साह र वडा अध्यक्ष वीर बहादुर साहले पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा उप–प्रमुख परनिया देवी पटेल अतिथिहरुमा वडा नं.५ का वडा अध्यक्ष उपेन्द्र साह, वडा नंं.६ बिशुनी दास,वडा नं.७ का उपेन्द्र यादव,वडा नं.८ का बिजय पटेल, वडा नं.९ का वीर बहादुर साह वडा सदस्य खुबलाल दास,गौरीशंकर पंडित,संजोगिया देवी ,पुर्व गाबिस अध्यक्ष धर्मेन्द्र कुमार गुप्ता युवा नेता श्यामान्नद साह,विवेक यादव,राजेश साह,भरत पटेल र पालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।