July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा द्वारा ३०० औ पृथ्वी जयन्ती मनाइयो।

 

पवन प्रसाद साह
वीरगंज, पर्सा २७ गते पुस
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ध्दारा राष्ट्र निर्माता श्री ५ वडा महाराजाबधिराज पृथ्वीनारायण शाहको ३०० औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएकोछ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम को प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्ब माननिय तथा बरिष्ठ केन्द्रीय सदस्य कृष्ण प्रताप मल्ल को प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का अंगद ठाकुर सभापति को सभापतित्वमा समझना होटल बाट निस्केको र्याली वीरगज को घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा पोखरी हुदै घण्टाघर चौकमा आइ कोण सभामा परिणत भएको थियो,
कोण सभालाई सम्बोधन गर्दै पर्सा का युवा नेता पार्टी का पुर्ब केन्द्रीय सदस्य नगिना यादव यादव ले देश बिदेशी को अखडा भएको र समयमा नेपाली जनता बिचार नगरे देशको अस्तित्व नै खतरामा पनर्नछ। त्यसै क्रममा पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा पुर्व जिबिस सभापति शम्भु चौरसिया ले राजा बिनाको जन्ताटुहुरो भएको देशमा छिटै नै राजसंस्था फर्किने दाबिगर्नु भयो।सो क्रममा पार्टी का अर्का पुर्ब केन्द्रीय सदस्य बिसनाथ साह गरतन्त्र व्यवस्था नभइ लुटतन्त्र भएको जिकिर गर्नुभयो।त्यसै क्रममा पार्टी का जिल्ला उपाध्यक्ष अवध किसोर साह ले नेपाल मा राजसंस्था र हिन्दु राष्ट्र को आवस्यकता रहेको बताउनु भएको थियो, पार्टी का जिल्ला सचिव अजय पौडेल ले हाम्रो देश मा भएका सम्पूर्ण कलकारखानाहरु लाइ ध्वस्त पार्ने काङ्ग्रेस, एमाले, माओवादी ले बन्द गराएको दाबि गर्नु भएको थियो र राजसंस्था आए छिटै संचालन हुने समेत बताउनुभका थिए।
त्यसै क्रममा कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगरपालिका का नगर कार्य समिति का अध्यक्ष जलेश्वर सरार्फ, पार्टी का पोखरिया नगरपालिका का नगर कार्य समिति अध्यक्ष राजेश कुमार चौहान,पर्सागढी नगरपालिका का नगर अध्यक्ष रोसन कुमार यादव, जिल्ला सदस्य उदित सहनी लगायत ले आफ्नो अभिव्यक्ति राखेका थिए।

त्यसै क्रममा राष्ट्रिय नागरिक सर्घष समिति का जिल्ला अध्यक्ष दिनानाथ प्रसाद यादव ले नेताहरु ले देश लाइ बर्बाद पारि आफनो सता चलाउन थालेको ले देशमा राजसंस्था को आवश्यकता रहेको बताएका थिए।

त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का पर्सा जिल्ला अध्यक्ष अंगद ठाकुर ले कोणसभा लाइ सम्बोधन गर्दै अब देशमा राजसंस्था सहित को हिन्दू राष्ट्र को आवस्यकता रहेको बताउदै कोण सभालाई सम्बोधन गर्दै सम्पन गरेका थिए साथै पार्टी का पुर्ब केन्द्रीय सदस्य अर्जुनबहादुर सिंह ठकुरी ले कार्यक्रम सञ्चालन गरेका थिए।