वीरगंज, पर्सा २७ गते पुस
नेपाल काग्रेस पर्सा द्वारा प्रदेश नं २ को राजधानी वीरगंज बनाउन को लागि वीरगंज मा पर्दशन गरेका छन्।
नेपाली काग्रेसको वीरगंज नगर कार्य समिति वीरगंज पर्सा ध्दारा प्रदेश नं २ को राजधानी वीरगंज हुनुपर्ने माग गर्दे प्लेकारार्ड सहित वीरगंज मा बीरोध पर्दशन गरेका छन्।
नेपाली काग्रेस वीरगंज नगर कार्यासमितिले वीरगंजलाई राजधानीको माग गर्दै घण्टाघरवाट निकालेको बिरोध जुलुस बीरगंजको माईस्थान, आर्दशनगर, घडिअर्वा पोखरी हुँदै पुर्ण घन्टाघरमा कोण सभामा परिणत भएको थियो।
सो कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर ४ को (क) का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगंजलाई राजधानी बनाउनुपर्ने भन्दै वीरगंज राजधानी नभएसम्म आफुहरुको अन्दोलन जारी रहने बताएका थिए।
प्रदेश सभासदस्य चौधरीले आफ्नो पार्टीका प्रदेश सभासदस्यहरुले वीरगंजलाई राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताएका थिए।
त्यसै गरि नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को( क )का प्रदेश सभा सदस्य राजेशवर साह तेलीले आफ्नो पार्टीले सडक देखि सदन सम्म वीरगंज राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताए।
सो दबाब रैलीको कोणसभालाई सम्बोधन गर्दे प्रदेश सभासद तेलीले मधेशका नेताहरुले वीरगंजलाई राजधानी बनाउछु भनेर पनि नबनाउन मा अडकिएको बताए।
उक्त दबाब रैली कार्यक्रममा नेपाली काग्रेसका सबिधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, काग्रेसका पर्सा जिल्ला सभापति अजय दुबेदी , युवा नेता शयाम पटेल , मोहमद सहावुदिन, ईमतियाज आलम, अरविन्द गुप्ता, दिलिपराज कार्की,मनोज साह,राहुल गुप्ता लगाएत नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो।
उक्त दवाव रयाली नेपाली काग्रेस बीरगंज नगर कार्य समितीका सभापती भोला साह कलवारको नेतृत्वमा आयोजना गरिएको थियो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।