रौतहट २७ गते पुस राम प्रबेश प्रसाद
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत मौलापुर नगरपालिकाद्वारा आज मौलापुर बाजारको बिभिन्न चौकको नामाकरण भएकोछ ।सो मौलापुर बाजारको बिस्तार संगै बिकास भएको नयाँ नयाँ चौकहरुको नाम नभएर आमजनतालाई अन्यौलता भईरहेको स्थितलाई चिर्दै मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले यहाँको एतिहासिकता, मौलिकता र आधुनिकताको आधारमा विभिन्न नामहरु राखेको थियो । सोही निर्णय अनुसार लोक प्रिय नगर प्रमुख रिना कुमारी साह र प्रमुख अतिथि जननेता पुर्व मन्त्री प्रभु साहको उपस्थितिमा विधिपूर्वक विभिन्न नाम सहितको बोर्ड़हरु स्थापना गरि नामाकरण गरियो । यसको लागि मौलापुर नगरपालिका द्वारा आयोजित सरसफाई कार्यक्रमको योजना र बिभिन्न सुख सुविधा बजारमा उपलब्ध गराउन प्रतिबद्ध दिएको छ
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय