July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एमाले पर्सा जिल्ला सचिवमा संजीव मिश्राको उम्मेदवारी दिने घोषणा ।

 

बिरगंज । नेकपा एमाले पर्सा जिल्लाको ८ औ जिल्ला अधिबेशनमा पर्सा जिल्ला कमिटिको सचिव पदमा संजीव कुमार मिश्राको उम्मेदवारी घोषणा भएको नेता प्रधूमन चौहानले बताएका छन ।

पर्साको पोखरिया नगरपालिकामा पर्सा क्षेत्र नंबर ३ का सम्पूर्ण नेता तथा अगुवा कार्यकर्ता लगायत भएको भेलाले सर्वसहमतिले जिल्ला सचिवका लगी क्षेत्र ३ बाट संजीव मिश्रालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णय पछी नगर कमिटी अध्यक्ष बिधाचल ठाकुरले मिश्राको उम्मेदवारी घोषणा गरेका छन ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ,पर्सा जिल्ला सह इनचार्ज तथा सबिधान सभा सदस्य राजकुमार गुप्ता , सबिधान सभा सदस्य तथा प्रदेश कमिटी सदस्य प्रधूमन चौहान , तेजप्रकाश निषाद , हीरा साह ,जिल्ला कमिटी सदस्य बासुदेव चौधरी , यशवंत यादव, बिकाश पाण्डेय , भगवान कर्मी , फ़रमान मियाँ , रामेश्वर चौहान , सुरेश पसवान , राधा साह कानु , प्रमोद कुश्वाहा , अकलेश साह , लक्ष्मण चौरसिया, सागिर मियाँ ,गमिरा साह , हनीफ़ मियाँ , लक्ष्मीना कुश्वाहा, सुनील कुश्वाहा , पटेर्वा सुगौली गाऊपालिका अध्यक्ष हरी चौधरी, युवा संघ सचिवालय सदस्य महमद निजाम , नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर , नगर कमिटी सचिव संतोष गिरी लगायतको उपस्तिथि रहेको थियो ।

बिधार्थी जीवनकाल देखी नै राजनीतिमा लागेका मिश्रालाई क्रियासील नेताका रुपमा पनी चिनिछ । झण्डै २० वर्ष भन्दा लामो राजनीतीमा लगेका तथा अनुभव बटुलेका अब जिम्मेवार तहमा पुगेर काम गर्ने आशा पलाएको हुँदा पार्टीलाई अझै सुदृढ र गतिशिल बनाउन जिल्ला अधिवेशनमा सचिवको उम्मेदवारी दिने उनले बताएका छन ।समग्र पार्टीमा अहिले पुस्तान्तरण र रुपान्तरणको बहस चलीरहेका बेलामा युवाको सहभागीता हुनुपर्ने आवश्यक्ता परेकोले अब भनेर भन्दा पनि गरेर देखाउन र गरेर देखाउनका लागि नै नेकपा एमाले पर्सा जिल्ला कमिटीमा आफू सचिवको दाबेदार भएको मिश्राले बताएका छन् ।

आउँदा दिनमा हुने तिनै तहको निर्बाचनमा पर्सामा एमालेलाई पहिलो शक्ति बनाउने, सबै संगठित सदस्यहरुको अभिलेखीकरण गर्न अलग्गै मोबाइल एप बनाउने,पुराना अगूवा नेताहरुको अनुभव र नयाँ जोस र जँगरको समन्वय गरी अगाडी बढ़ने बताए । पार्टीमा युवा, महिला, आदिवासी जनजाति, पीछडिएका समुदाय, पाका ज्येष्ठ कम्युनिष्ठ नेता कार्याकर्ता, एवं पार्टी एकिकरण तथा समायोजन तर्फका सवैको भावनालाई समेटदै, उचित स्थान र अवसर दिएर पार्टीलाई अगाडि बढाउन आफुसंग कार्यक्रम तथा दृष्टीकोण रहेको नेता उनको दावी छ ।

बिधार्थीकाल देखी राजनीतिमा आएका मिश्राको राजनीतिक यात्रा

१ रास्ट्रिय युवा संघ नेपालका बिरगंज नगर कमिटी सहसचिव

२ पर्सा क्षेत्र नंबर ३ का क्षेत्रिय कमिटी

३ युवा संघ जिल्ला कमिटी सचिव

४ नेकपा एमालेका जिल्ला कमिटी सदस्य

५ प्रेस चौतारी जिल्ला सचिव

६ पत्रकार महासंघ पर्सा शाखा २ कार्यकाल सदस्य

७ नेकपा एमाले प्रदेश २ का प्रदेश कमिटी सदस्य

८ नेपाल पत्रकार महासंघ पर्सा कोषाध्यक्ष रहेका उनी संग राजनीति ज्ञान र अनुभव बढ़ी रहेको छ ।