July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडा उधोग वाणिज्य संघको अध्यक्ष पदमा दुइ पक्षिय प्रतिस्पर्धा हुँदै

राम प्रबेश बैठा रौतहट,भदौ ०९ गते ।
रौतहटको गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्ष पदमा दुइ जनाबिच कडा प्रतिस्पर्धा हुने भएको छ । संघको निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै शुक्रवार उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । संघको भदौ १८ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।
निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालका अनुसार शुक्रवार ५ जना अध्यक्ष पदमा र ३६ जना सदस्याको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराएकाहरु मध्ये संतोष कुमार चौधरी, ,सतिश साहले उम्मेदवारी कायम राखेका छन् । भने चुनचुन प्रसाद साह,राधेश्याम साह कलवार,राजेश कुमार साहले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सदस्यहरुमा छठु प्रसाद तेली,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,अनिता कर्ण,शिवम् कुमार सोनी,हेमलाल साह सोनार लगायतका व्यक्तीहरु सदस्य पदका लागि प्रतिस्पर्धामा छन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी भदौ १८ गते अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् ।
निर्वाचनको कार्यक्रम अनुसार आज भदौ ०९ गते बिहान १० बजे देखि २ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिन पाउने समय रहेको थियो । यस्तै आजै दिउँसो २ बजे देखि ३ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
मतदान कार्यक्रम भने भदौ १८ गते बिहान ८ बजे देखि ४ बजे सम्म राखिएको छ । अध्यक्ष चयन भएपछि बहुमतको आधारमा अन्य पदाधिकारी चयन गर्ने गरेको छ । जसमा प्रथम उपाध्यक्ष,कोषाध्यक्ष लगायतका पदाधिकारीहरु चुनिन्छन् । यस अघिका गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरीको कार्यकाल सकेपछि चुनाव हुन लागेको हो । दुवै जना बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।