काठमाडौं :
नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थित नभएपछि खोजि दिन सभामुखसँग आग्रह गरेको छ। संसदको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको भन्दै खोजिदिन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका हुन्। सदनमा प्रधानमन्त्रीसहित २५ जना मन्त्रीमध्ये कुनै पनि नदेखेपछि खोजिदिन आग्रह गरेका हुन्।
‘मन्त्रीबेगर यो सदनको कारवाही अघि बढ्न सक्दैन। प्रतिनिधिसभा नियमावली अनुसार म सभामुखको गम्भीर ध्यानाकर्णष गराउन चाहन्छु,’उनले भने,’ प्रधानमन्त्री र २५ जना मन्त्रीहरूमध्ये यहाँ एकजना पनि सदनमा नदेखिनु सदनको अमपना हो। गम्भीरतापूर्वक ध्यानाकर्षण चाहन्छु।’
उनी बोल्दै गर्दा जनमत पार्टीको सांसद एवं सामान्य प्रशासनमन्त्री अनिता देवी साह आइपुगिन्। त्यसपछि सभामुखले मन्त्री आइपुगेको र अब सदन चल्छ बस्नुहोस् भने।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै