असार ०४ गते
प्रेमचन्द्र झा
राैतहट । राजश्व संकलनलाई पारदर्शी वनाउन कोष तथा लेखा नियन्त्रण कार्यालय राैतहटले कर्मचारीहरुको लागि तालिम शुरु गरेकोछ । सदरमुकाम गाैरमा स्थानीय तहका कर्मचारीलाई राजश्व मोडयुलको तालिम शुरु गरिएको हो। राजश्व मोडयुलमा कसरी कर लिने ,कर राज्शव गैर कर राज्शव ,व्यक्तिगत करदाता संस्थागत करदाता सेटप,राजश्व मोडयुलका सैद्धान्तिकजानकारी सहितका विषयमा जानकारी दिन लागिएको कार्यालय प्रमुख राजन फुईयालले बताए । दुई दिन सम्म सञ्चालन हुने तालिममा केन्द्रीय प्रशिक्षक लेखा अधिकृत श्याम प्रसाद यादव र महालेखा नियन्त्रण कार्यालय काठमाडौकाआईटी अफिसर मनिष कुमार कर्ण ले प्रशिक्षण सहजिकरण गरि रहेको कार्यालय प्रमुख फुईयालले बताए । जिल्लाका सबै स्थानीय तहका राजश्व शाखाका कर्मचारीको सहभागिता रहेका छन ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र