काठमाडौँ —
बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिच्न खोज्दा बैंकहरुले ४० अर्ब १५ करोडको प्रस्ताव गरेका छन् । राष्ट्र बैंकले बुधबार १४ दिने अवधिको रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिचेको छ ।
रिभर्स रिपोमा १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाएका थिए । रिभर्स रिपोको औसत ब्याजदर २.३७८७ प्रतिशत कायम भएको छ । अधिकतम २.७४ र न्यूनतम २ प्रतिशत ब्याज कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
असारमा एकै पटक सरकारी पुँजीगत खर्च बढ्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले रकम खिच्दै आएको छ । यो सहित असार महिनामा मात्रै राष्ट्र बैंकले ५ पटक रिभर्स रिपोमार्फत रकम खिचेको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तर बैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ । खासगरी अन्तर बैंक ब्याजदर साढे ५ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै आएको छ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे