July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित

 

काठमाडौँ ।

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८ औं अधिवेशनमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए ।

महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए । निर्वाचित सत्यालले ६४ मत ल्याए । यस्तै, खड्काले ४४ र सापकोटाले २७ मत ल्याइन् । उपाध्यक्षद्धयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका थिए । यस्तै, कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए ।

सचिवद्धयमा सविता शर्मा (समावेशी) र गुञ्जनराज गिरी निर्वाचित भए । केन्द्य्रीय कार्यसमिति सदस्यहरुमा राजु थापा, कमलराज भट्ट, रोमन आचार्य र रघुनाथ बजगाईँ (खुला) तर्फ निर्वाचित भए भने समावेशीतर्फ अञ्जना लामिछाने र मिरा बस्नेत निर्वाचित भए । फोटोतर्फ सिला तिमिल्सिना र भिडिओेतर्फबाट विनोद कटुवाल निर्वाचित भएका छन् ।